काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
जसअनुसार कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद सेयरका लागि माघ २२ गते रिडीले बुक क्लोज गरिसकेको छ तसर्थ माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले मात्र यस हकप्रद सेयरमा दाबी गर्न पाउनेछ ।
यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी थप वृद्धि हुनेछ ।
यसमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।