ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोशी प्रदेशमा गाँजा तस्करीमा एम्बुलेन्सको प्रयोग बढ्यो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, ८:०१ बजे
कोशी प्रदेशमा गाँजा तस्करीमा एम्बुलेन्सको प्रयोग बढ्यो
25
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । एम्बुलेन्स अतिआवश्यकीय सवारीसाधन हो । आकस्मिक अवस्थाका बिरामीलाई जतिसक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउन एम्बुलेन्सको प्रयोग गरिन्छ ।

बिरामी बोकेर तीव्र गतिमा दौडनुपर्ने भएकाले पनि एम्बुलेन्सतर्फ सुरक्षा निकायको ध्यान कम जान्छ । अर्थात, सामान्य अवस्थामा सुरक्षाकर्मीले एम्बुलेन्स चेकजाँच गर्दैनन् ।

सुरक्षा चेकजाँच र निगरानीमा कम पर्ने गरेको फाइदा उठाउँदै उदेश्यविपरीत एम्बुलेन्समार्फत लागूऔषध गाँजाको तस्करी हुने क्रम कोशी प्रदेशमा बढेको छ ।

बिरामी ओसारपसारमा प्रयोग गर्नुपर्ने अतिआवश्यकीय सवारीसाधनको दुरुपयोग बढ्नु चिन्ताको विषय भएको सरोकारवालाको भनाइ छ ।

पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने गाँजा पछिल्लो समय एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गरेर तराईतर्फ ल्याउँदै भारत कटाउने गरिएको छ ।

नेपाल तथा सशस्त्र प्रहरीले आइतबार कोशी प्रदेशका अलगअलग जिल्लाबाट ठूलो परिणामको गाँजासहित दुईवटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्समा लोड गरिएको ३ सय २५ किलोग्राम गाँजा सुनसरी र धनकुटाबाट बरामद भएको छ । सुनसरीबाट सशस्त्र र धनकुटाबाट नेपाल प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट एम्बुलेन्स चालक पनि पक्राउ परेका छन् । सुनसरीमा भने एम्बुलेन्स चालकसहित गाँजा ओसारपसारमा संलग्नहरु सशस्त्र प्रहरीलाई छलेर भागेका छन् ।

सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २ सय ७३ किलोग्राम गाँजा बरामद गरेको छ ।

९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले आइतबार बिहान गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा को १ च २९३७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको पोखरेलले बताए ।

एम्बुलेन्सलाई नियन्त्रणमा लिनसाथ चालक र गाँजा ओसारपसारमा संलग्न रहेका व्यक्तिहरु भने फरार भएका थिए । गाँजा भारततर्फ लैजाने तयारी गरिएको हुनसक्ने सशस्त्रले जनाएको छ ।

सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । पछिल्लो समय एम्बुलेन्ससहित विभिन्न सवारीसाधनको प्रयोग गरेर गाँजा ओसारपसार गर्ने क्रम बढेको सशस्त्रले जनाएको छ ।

त्यस्तै, एम्बुलेन्समार्फत सुनसरीको धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।

एम्बुलेन्सभित्र गाँजा बरामद भएपछि चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको खापुङले बताए । गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

डीआईजी खापुङले पक्राउ परेका चालक चेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । चेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने उनको भनाइ छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist