इनरुवा । सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ ।
सोमबार बिहान देवानगंजगाउँपालिकां ५ साहेवगंज स्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटाएको थियो । मोटरसाइकल चालक प्रहरीलाई देखेपछि मोटरसाइकल नै छोडेर फरार भएको थिए ।







