ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

संसद्कै सुरक्षामा गम्भीर कमजोरी, कहाँ चुक्यो प्रहरी ?

घटनाको अध्ययन गर्न छानबिन समिति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, ८:०० बजे
संसद्कै सुरक्षामा गम्भीर कमजोरी, कहाँ चुक्यो प्रहरी ?
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका हुन् । सुरक्षा निकायले उपलब्ध गराएको विवरणअनुसार ४८ महिला र एक पुरुष अनधिकृत रूपमा प्रवेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

कहाँ चुक्यो प्रहरी ?
विभिन्न जिल्लाबाट आएका लघुवित्त तथा सहकारीपीडितहरू संगठित भएर एक सातायता उपत्यकामा आन्दोलन गर्दै आएका छन् । उनीहरूको बसाइ भने गौशालानजिकैको सिफल चौरमा छ, जहाँ सादा पोसाकमा प्रहरीहरू निगरानीमा खटाइएका छन् ।

आन्दोलनकारीहरू सोमबार दिउँसो छरिएर एक्लाएक्लै विभिन्न क्षेत्रमा लागे । कोही पशुपति घुम्न त कोही सहर घुम्न । फिल्डमा खटिएका प्रहरीले माथिल्लो निकायलाई जानकारी गरायो– आन्दोलनकारीहरू घुम्न निस्किएका छन्, आज बाहिर आन्दोलन छैन । तर, त्यो प्रहरीलाई झुक्याउने उनीहरूको रणनीति थियो, जसमा उनीहरू सफल भए ।

एक्लाएक्लै बानेश्वरको पानीट्यांकी क्षेत्रमा उनीहरू जम्मा भए । संसद् भवनछेउमा जम्मा हुने र गेटभित्र प्रवेश गर्ने योजना थियो । सोही योजनाअनुसार शान्तिपूर्वक गेटसम्म पुगेका उनीहरू गेटमा रहेका प्रहरीलाई धकेलेर भित्र छिरेका हुन् ।

प्रहरीको सूचना संयन्त्र भुत्ते हुँदा गम्भीर सुरक्षा चुक हुन पुगेको उपत्यका प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् । जब कि सो क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा प्रहरीबाट सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटिदै आएका छन् । सिसी क्यामेराको समेत निगरानीमा रहने सो क्षेत्रमा उनीहरूको योजना कसैले चाल पाएनन् ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी संसद् भवनपरिसरभित्र यसरी योजनाबद्ध रूपमा सहजै मान्छेहरू प्रवेश गर्नु गम्भीर भएको बताउँछन् । ‘संसद् भवनजस्तो संवेदनशील ठाउँमा यो लापरबाही सामान्य होइन,’ उनले भने, ‘यो प्रोएक्टिभ पुलिसिङको अभाव हो, प्रविधि र सूचना संयन्त्रमा आधारित भएर सुरक्षा चुनौतीको पूर्वानुमान हुन नसक्दा यस्तो भएको हो । यसले सुरक्षा व्यवस्था उदांगो भएको छ ।’

यस्तो संवेदनशील ठाउँमा सुरक्षाको तीन तह बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । साथै, प्रविधिमाथि निगरानी महत्वपूर्ण हुने भण्डारी बताउँछन् । ‘अमेरिकाको ह्वाइटहाउसअगाडि पनि प्रहरी बस्दैन, तर कसैको गतिविधि शंकास्पद लाग्नेबित्तिकै उनीहरू चनाखो भइहाल्छन्,’ उनी भन्छन्, ‘तर, हाम्रोमा डिउटीमा बस्ने प्रहरीहरूसमेत सतर्क र चनाखो देखिएनन् ।’
प्रहरी प्रधान कार्यालयले संसद्परिसरको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वका सबै ३२ प्रहरीलाई हटाएको छ । त्यहाँ नेपाल प्रहरी विशेष कार्यदलबाट प्रहरी खटिएका हुन् । कार्यदलमा सुरक्षासम्बन्धी विशेष तालिम गरेका प्रहरी रहन्छन् ।

घटनाको अध्ययन गर्न छानबिन समिति गठन
घटनालगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले संसद्परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट जानकारी लिँदै सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक राखेर घटनाको समीक्षा गरी छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी गराए । प्रहरी महानिरीक्षक कुँवरले पनि घटनालगत्तै तीनसदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले घटनाबारे बुझ्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डिएसपी दिनेश घिमिरे रहेको तीनसदस्यीय छानबिन समिति गठन गरिएको बताए । ‘के कसो भएको भन्ने बुझ्नका लागि एउटा समिति गठन गरिएको छ । समितिले बुझेर प्रतिवेदन तयार पारेपछि थप कदम चाल्छौँ,’ प्रवक्ता ढकालले भने । उनका अनुसार संसद् भवन सुरक्षार्थ खटिएको इन्स्पेक्टरसहितको टोली परिवर्तन गरिएको छ ।

सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री नै असन्तुष्ट
सोमबार संसद्परिसरमा भएको घटनामा गम्भीर चासो व्यक्त गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रबन्धप्रति असन्तुष्टि जनाएका छन् । संसद्परिसरमा गम्भीर सुरक्षा लापरबाही भएको भन्दै उनले सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा सोधपुछ गरेका छन् ।

मन्त्रालयमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतलाई मन्त्रालयमा उनले स्पष्टीकरण लिएका छन् ।

सुरक्षाको पूर्वानुमान हुन नसक्दा सो घटना भएको भन्दै तत्काल सुधार गर्न उनले प्रहरी नेतृत्वलाई सचेत गराएका छन् । साथै, यस विषयमा केही दिनभित्रै निर्णय हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

एक उच्च प्रहरी अधिकारी फिल्डमा मनोबल खस्किएका कारण पनि यस्तो घटना भएको बताउँछन् । ‘बालकुमारीमा प्रहरीले बल प्रयोग गर्दा कारबाही गरियो,’ ती अधिकारी भन्छन्, ‘यहाँ पनि आन्दोलनकारीलाई रोक्न बल प्रयोग गर्दा कारबाहीमा परिने मनोवैज्ञानिक डरका कारण प्रहरी रक्षात्मक बन्न पुगेकोजस्तो देखिन्छ ।’

आजको नयापत्रिका दैनिकमा प्रकाशित ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist