ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, ८:१३ बजे
रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार
24
SHARES
Share on FacebookShare on Twitter

मस्को । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ । युक्रेनमा युद्ध लड्न पठाइएका भारतीयको मृत्यु भएपछि मन्त्रालयको यो तथ्य बाहिर आएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार आएको जनाएको छ ।

‘हामीले यो विषय रुसी सरकारसँग उठाएका छौं। यसपछि धेरै भारतीयहरू रुसी सेनाबाट डिस्चार्ज भएका छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयले भनेको छ ।

गत फेब्रुअरी २३ मा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए कि केही भारतीयहरूले रूसी सेनामा सहायक कामका लागि सम्झौतामा हस्ताक्षर गरेका छन । र, पछि उनलाई युद्ध लड्न पठाइयो। यस विषयमा भारतीय दूतावासले रुसी अधिकारीहरूसँग सम्पर्क राखेको थियो । ‘उनीहरुलाई बचाउने प्रयास गरिरहेका छौं, यस बीचमा  हामी सबै भारतीयहरूलाई सतर्क रहन र युद्धबाट टाढा रहन अपील गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

सोही क्रममा गुजरातको सुरत निवासी हेमिल अश्विनभाई मंगुकियाको युक्रेनमा मृत्यु भएको हो । ह्यामिललाई रुसी कम्पनीमा सामेल हुन लगाइयो। पछि कम्पनीले उनलाई युद्ध लड्न पठायो। ह्यामिललाई वाग्नरको सेनामा सामेल हुन भनियो । उनको मृत्यु हुनुभन्दा केही घण्टा अघि ह्यामिलले आफ्नो परिवारसँग करिब २ घण्टा कुरा गरेका थिए, भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

टाइम्स अफ इन्डियाका अनुसार अनुसार उनको परिवारका सदस्य अतुल मांगुकियाले भने, ‘फेब्रुअरी २३ मा ह्यामिलका बुवाको फोन आएको थियो । उनले छोराको मृत्युको खबर पाएका थिए । हामीले पत्याएनौं, त्यसैले हामीले छानबिन गर्‍यौं। अन्ततः फेब्रुअरी २५ मा यो पुष्टि भयो कि ह्यामिल रूस युक्रेन युद्धमा मारिए ।

अतुल मङ्गुकियाका अनुसार ह्यामिल डिसेम्बर १४ मा चेन्नईबाट रुस गएका थिए । उनले रुसी सेनामा हेल्परको काम गरेको जानकारी सामाजिक सञ्जालमार्फत पाएका थिए । रुसी कम्पनीका एजेन्टको निर्देशनमा उनी रुस गए । गत महिना उनको खातामा २।३ लाख भारतीय रुपैयाँ तलब जम्मा भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist