काठमाडौं । मन्त्री महतले बैङ्कहरूको ब्याजदर समेत एकल अङ्कमा झर्ने जिकिर गरेका छन् । पश्चिम् नवलपरासीमा आज औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले बजेट सुनिश्चितता नगरी आयोजना उद्घाटन गर्दा त्यसको असर अहिलेको अर्थतन्त्रमा देखिएको दाबी गर्नुभयो ।
राजस्व सङ्कलन, विदेशी पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गरेका हुन् ।
महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उनले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडकसहित भौतिक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने बताए ।







