ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धार्मिक र सामाजिक सद्भाव बिथोल्ने गतिविधिहरूको सूक्ष्म विश्लेषण आवश्यक – रक्षामन्त्री खड्का

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते, २०:५० बजे
धार्मिक र सामाजिक सद्भाव बिथोल्ने गतिविधिहरूको सूक्ष्म विश्लेषण आवश्यक – रक्षामन्त्री खड्का
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली सेनालाई सबल र समयानुकूल बनाउन आवश्यक कानून तर्जुमा र विद्यमान कानूनी प्रावधानलाई अद्यावधिक गर्ने काम भइरहेको उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् ।

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकको आज जङ्गी अड्डामा उद्घाटन गर्दै रक्षा मन्त्री खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीहरूको सामना गर्ने उपाय पहिल्याउन बैठक महत्वपूर्ण हुने बताए ।

उनले बाह्य रुपमा नेपालको भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रहरूको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरूको विश्व मञ्चमा बढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायतका विषयहरूले सुरक्षा वातावरणमा सृजना गर्दै आएका प्रभावहरू एवं आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरूको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिहरूको सूक्ष्म विश्लेषण सहित समग्र राष्ट्रिय सुरक्षामा देखापरेका चुनौतीहरूको आँकलन गर्न जरुरी रहेको उल्लेख गरे ।

रक्षा मन्त्री खड्काले नेपाली सेनाका सकल दर्जाले विभिन्न परिस्थितिहरूमा सीमित स्रोत तथा साधनहरूको उच्चतम सदुपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उल्लेख गरे ।

रक्षा मन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको उल्लेख गरेका छन् ।

हालैको जाजरकोट भूकम्प लगत्तै खोज, उद्धार एवं राहत कार्यमा सेनाले गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै उनले समग्र नेपाली सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली जनताको तीव्र विकासको अपेक्षा पुरा गर्न राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक लगायत विकटका बस्तीहरू जोड्ने करिडोर आयोजनाहरूको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताउँदै रक्षा मन्त्री खड्काले जटिल भू–बनोट भएका दुर्गम इलाकाहरूमा विकास निर्माणका थप जिम्मेवारीहरू नेपाली सेनालाई प्राप्त हुन सक्ने कुरा उल्लेख गरे ।

उनले निर्धारित लागत तथा समयसीमा भित्र यस्ता आयोजनाहरू सम्पन्न गर्ने तर्फ सम्बद्ध सबै संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यहरूसँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरूलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए ।

उनले परम्परागत र अपरम्परागत खतराहरूद्वारा सिर्जित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको हुँदा सोही अनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरूमा छलफल गर्न बैठक फलदायी हुने बताए ।

वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको संक्षिप्त विश्लेषण गर्दै प्रधान सेनापतिले नेपालको सीमानाभन्दा युद्ध लगायतका गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्वित गरेको बताए ।

उनले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा नविन प्रविधिको प्रयोगले पार्ने असर र मानव सुरक्षाका बहु आयामिक चुनौतीहरू बुझ्न र तदनुरुप क्रियाशीलताका लागि तयार रहनु आवश्यक रहेकोमा जोड दिए ।

प्रधान सेनापति शर्माले नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्देल, रथी वृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist