ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अमेरिकामा रहेका नेपाली प्राध्यापकले पाए १ लाख ५९ हजार डलरको पुरस्कार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १५ गते, ९:४२ बजे
अमेरिकामा रहेका नेपाली प्राध्यापकले पाए १ लाख ५९ हजार डलरको पुरस्कार
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् । काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा. डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेशनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हुन् ।

एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो । वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ । उनले पाएको पुरस्कार सेप्टेम्बर २०२१ देखि दुई वर्षको लागि हो ।

उक्त पुरस्कार पाएपछि आफू निकै उत्साहित भएको नकर्मीले बताए । नकर्मीकाअनुसार यो पुरस्कार  आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेरा (वर्ण रेखाङ्किय चित्रक) को लागि प्रदान गरेको हो । लेजरको पल्सले सेमी कन्डक्टर (अर्ध ताप अथवा विद्युत चालक) पदार्थमा हानेपछि निस्कने प्रकाशबाट उक्त पदार्थको गुण अध्ययन गर्न सकिन्छ ।

उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरबाट निस्कने प्रकाश कति छिटो अथवा कति ढिलो हुन्छ भनेर नाप्न सकिन्छ । उक्त स्त्रीक क्यामेराले पिको सेकेन्ड सम्मको आजीवन भएको लाइट नाप्न सकिन्छ । उक्त उपकरण जडान गरेपछि सेमी कन्डक्टरको प्रकाश निस्कने गुणबारे अनुसन्धान गर्न सहयोग हुनेछ । नकर्मी बिगत २० वर्षदेखि वाइड ब्याण्ड ग्याप सेमी कन्डक्टरसम्बन्धी अनुसन्धान गरिरहेका छन्।

यस्तो सेमी कन्डक्टर पदार्थको विकासबाट पराबैजनी किरण (अल्ट्रा भ्वालेट लाइट) भन्दा पनि परको प्रकाश निस्कने एलइडि बनाउन सकिन्छ । जसलाई धेरै कम बिजुली खपत हुने बत्तीको साथै किटाणु मार्नेको लागि पनि प्रयोग गर्न सकिन्छ ।

नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिक शास्त्रमा वद्यिावारिधि गरेका छन् भने ब्रुकलिन महावद्यिालयमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन् । नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौं वश्विवद्यिालयमा प्राध्यापन गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist