ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फेरियो सत्ता गठबन्धन – तीन मन्त्रीले लिए शपथ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, २०:४२ बजे
फेरियो सत्ता गठबन्धन – तीन मन्त्रीले लिए शपथ
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गरेका छन्।

पोहोर फागुनमा एमाले लगायतका दलहरूसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले ठ्याक्कै वर्ष दिनमा कोल्टो फेरेका हुन्।

यही सहमति कायम रहे अबको दुई वर्षमा एमाले र रास्वपालगायत दलहरू प्रधानमन्त्री प्रचण्डको सारथी दलका रूपमा रहनेछन्।

सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष शपथ लिएसँगै नयाँ गठबन्धनले औपचारिक रूपमा गति लिएको हो।

गठबन्धनमा जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी हुने भनिए पनि सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा ती पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन्। यद्यपि गठबन्धनको आधारपत्र तयार पार्न बसेको बैठकमा अरू तीन दलसहित जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।

दलहरूले कार्यदल नै बनाएर अबको मन्त्रिमण्डल भागबण्डा, मन्त्रीहरूको वरीयता, प्रदेश सरकारहरू पुनर्गठनलगायत विषयमा प्याकेजमै सहमति खोज्ने भनेका छन्। गृह मन्त्रालयमा नेकपा एमाले र रास्वपाको तथा अर्थ मन्त्रालयमा माओवादी तथा एमालेको दाबी रहेको र कसले कुन मन्त्रालय पाउने भनेर टुंगिनसकेको बालुवाटार स्रोतको भनाइ छ।

यद्यपि यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने मोटामोटी सहमति भएको नेताहरू बताउँछन्। मन्त्रालयकै भागबण्डा नमिल्दा सोमबार नै शपथ लिने भनिएका शीर्ष नेताहरूले शपथ लिएनन्। मन्त्रालयको टुंगो लागेपछिमात्रै आफूहरूले शपथ लिने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

स्रोतका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने लगभग टुंगो भइसकेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist