ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फुटवल प्रतियोगितामा झडप : तीन बसमा क्षति, १ जना घाइते

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, २०:५१ बजे
Tunnel farming transformed the agriculture in Vijaychhaap
24
SHARES
Share on FacebookShare on Twitter

मोरङ । फुटबल प्रतियोगिताको  फाइनल खेलमा मुख्य रेफ्रिले पुर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र ब्यवहार गरेपछि दुई टिमका दर्शकबीच झडप भएको छ।

मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थी शिविर ब्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलपछि आइतबार विजेता आयोजक युथ फुटबल क्लव र सहआयोजक भुटानिज युथ क्लबका दर्शकबीच दोहोरो झडप भएको हो।

निर्धारित ७० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी (विदेशी खेलाडी) विपक्षी टिमको डिबक्समा लड्नु भएको थियो।

तर, मुख्य रेफ्रि मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अबरुद्ध गरेका थिए। सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो।

खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रिलाई स्कटिङ गरेर मञ्चमा पुर्‍याएको थियो । उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रिले साँच्चीकै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए। सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो। एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुइपक्ष बिच फाइट चलिरहेको थियो।

भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरु पसेर होहल्ला गरेका थिए। केही समय पछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुङ्गा मुडासमेत भएको छ। ५ वटा बस मध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थक बिच भएको भिडन्तमा परी एकजना घाइते भएका छन्। घाइतेलाई सशस्त्र प्रहरीले आफै उद्दार गरी अस्पताल पुर्‍याएको छ। शिविरसँगै रहेको सशस्त्र प्रहरीका सइ लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist