ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भेटुम् भन्दै ओलीले दिनमै दुईपल्ट फोन गर्थे, भेटिनँ, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, २१:१२ बजे
स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ मनाऔं  : देउवा
37
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई निवास बूढानिलकण्ठमा बोलाएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।

सोमबार बिहान बूढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नियत नै धोका दिने रहेको निष्कर्ष पनि सुनाए।

सुरूमा संघीय सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन टुट्नुअघिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।

कोशीमा नेकपा (एमाले) का ३९ सांसदसँग मिलेर कांग्रेसका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, माघ ११ को राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको र तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न खोजे पनि देउवा नमानेको र महासमिति बैठकका प्रस्तावमा गठबन्धन नगर्नेजस्ता कुरा राखेकोमा प्रधानमन्त्री दाहाल असन्तुष्ट थिए।

‘प्रधानमन्त्रीजी यी कुराहरूमा असन्तुष्ट देखिए पनि हामी उहाँसँग नियमित संवादमै थियौं,’ खड्काले बैठकमा भनेका कुरा उद्धृत गर्दै एक नेताले भने, ‘यी सबै कुरा उहाँले बहानाका रूपमा मात्रै देखाउनुभयो। किनभने कोशीमा मुख्यमन्त्री चयन भइसकेपछि पनि हामीले तुरून्तै गठबन्धन मिलाएकै थियौं।’

मन्त्रिपरिषद पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग गम्भीरतापूर्वक छलफल नगरेको कांग्रेसको निष्कर्ष छ।

‘मन्त्री फेर्ने कुरामा पनि प्रधानमन्त्रीजीले कहिल्यै गम्भीरतापूर्वक कुरा राख्नुभएन। मन्त्री नफेर्ने हो भने गठबन्धन नै अप्ठेरोमा पर्छ वा भत्काउँछु भन्नु भएको थिएन,’ उनको भनाइ थियो।

मन्त्री फेर्ने विषयमा सभापति देउवा भने लामो समयसम्म तयार देखिएका थिएनन्। दुई वर्षका लागि पार्टीले मन्त्री पठाएकोले पूरा अवधि काम गर्न पाउनुपर्छ भन्ने अडानमा सभापति देउवा थिए।

तर प्रधानमन्त्री प्रचण्डले दबाब बढाउँदै लगेपछि आइतबार अपराह्न भने सभापति देउवाले मन्त्री हेरफेर गर्न आफू तयार रहेको सन्देश बालुवाटारमा पठाएका थिए।

‘सभापतिजीले आइतबार बिहानसम्म पनि अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउन हुन्न भनिरहनु भएकै रहेछ। के कुरा हो म महतलाई भनिदिन्छु नि! भन्दै प्रधानमन्त्रीसँग कुरा गर्नु भएको रहेछ,’ ती पदाधिकारीले भने, ‘तर अपराह्न उहाँले मन्त्री फेर्नमा सहमतिसहित राष्ट्रिय सभा अध्यक्ष पनि छाड्न तयार रहेको सन्देश प्रधानमन्त्रीजीलाई पठाउनुभएको रहेछ।’

मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्षसमेत छाड्न सभापति देउवा तयार भए पनि प्रधानमन्त्री दाहाल भने नयाँ समीकरण बनाउन जुटेका थिए। आइतबार बेलुकी बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायतसँग प्रधानमन्त्रीले लामो समय छलफल गरी नयाँ समीकरणसाथ अघि बढ्ने समझदारी गरेका थिए।

सत्ता गठबन्धन बैठक सोमबार बिहान ८ बजेका लागि बोलाइएको भनिए पनि स्थगित गरेको सूचना बालुवाटारले पठाएको थियो।

प्रधानमन्त्री दाहालले सोमबार बिहान उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएर नयाँ समीकरण बनाउन लागेको जानकारी दिएका थिए।

‘साढे ७ बजे उपप्रधानमन्त्री खड्का र नेता सिटौलालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीजीले पुराना कुरा निकाल्दै निहुँ खोज्ने कुरा गर्नुभएको रहेछ,’ ती पदाधिकारीले भने, ‘कोशीमा कांग्रेसले धोका दियो भन्नेजस्ता सल्टिसकेका विषय प्रधानमन्त्रीले उठाउनु भएको थियो।’

प्रधानमन्त्री दाहालले लम्बेतान कुरा गर्दै कांग्रेससँगको सहकार्य अब अघि बढाउन नसक्ने जानकारी खड्का र सिटौलालाई दिएका थिए।

‘कोशीमा हामीले सभामुख छाड्यौं, मुख्यमन्त्री छाड्यौं तर कांग्रेसले राष्ट्रिय सभामा पनि धोका दियो,’ प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब कांग्रेससँग सहकार्य गरिराख्न साथीहरूले मानेनन्।’

खड्का र सिटौलाले भने प्रधानमन्त्री आफैँले सहकार्य गर्न नचाहेकोजस्तो देखिएको भन्दै प्रतिवाद गरेका थिए।

‘तपाईं आफैँ सहकार्य गर्न चाहनु भएको छैनजस्तो छ अनि साथीहरूले चाहेनन् भन्नु हुँदै छ। हिजो हामीसँग कुरा मिल्दा सबै ठिकै लागेका थिए तपाईंलाई आज साथीहरू मानेनन् भनेर टार्न खोज्दै हुनुहुन्छ?,’ उनीहरूको प्रश्न थियो, ‘तपाईंको पार्टी माओवादीलाई हामीले बुझेको छैन र? तपाईं कन्भिन्स हुँदा साथीहरूलाई कन्भिन्स गराउनुहुन्छ, नहुँदा साथीहरूलाई लुखुरलुखुर बोलाउनुहुन्छ, साथीहरू मानेनन् भन्नुहुन्छ।’

सभापति देउवाले पनि आफूले निरन्तर प्रधानमन्त्री दाहालसँग कुराकानी गरिरहे पनि गठबन्धन नै टुटाउने खालका कुरा यसअघि नगरेको बताएका थिए।

‘मलाई दिनमा दुई पटक केपी ओलीले फोन गर्ने गरेका थिए। भेट्न आउँछु भन्थे। मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ,’ सभापति देउवाले पदाधिकारी बैठकमा भने, ‘सबै कुरा दिँदा पनि प्रचण्डले गठबन्धनलाई अगाडि बढाउन मानेनन्। उनको नियत नै धोका दिने रहेछ।’

प्रधानमन्त्री आलोपालो हुने समझदारीमा प्रधानमन्त्री दाहाल इमान्दार नदेखिँदा गठबन्धन टुटेको निष्कर्षमा देउवा पुगेका छन्।

‘प्रचण्डले मन्त्री फेर्न दिएनन् भन्नेजस्ता बहाना बनाएका हुन्, अहिले नतोडे पनि पाँच/छ महिना पछि उनले गठबन्धन तोड्ने नै रहेछन्। आलोपालो प्रधानमन्त्रीमा उनी इमान्दार नै रहेनछन्,’ देउवाले भने, ‘प्रचण्ड धोकेबाज रहेछन्।’

कांग्रेसभित्र प्रधानमन्त्रीलाई दिएको विश्वास मत फिर्ता लिनेबारे पनि कुराकानी चलेको थियो। तर नयाँ गठबन्धनमा लागेकोले यसतर्फ नलाग्ने सहमति नेताहरूबीच भएको थियो।

‘यो कोर्स भत्काउने सुरूवात प्रचण्डले गरेकोले कोर्स पूरा गर्न दिउँ भन्ने कुरा भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्री फिर्ता बोलाउने कुरा पनि भएको थियो तर त्यता लागिएन,’ एक पदाधिकारीले भने, ‘देश दुनियाँलाई अस्थिरताको कारक प्रचण्ड हो भन्ने पनि थाहा होस् न!’

सभापति देउवाले बैठक बिट मार्दै पछिल्ला छ महिनादेखि प्रधानमन्त्री प्रचण्ड ओलीसँग नजिकिएको पाइएको सुनाएका थिए।

‘अहिलेको नयाँ समीकरणचाहिँ छ महिनादेखि ओलीसँग प्रचण्डले भित्रभित्रै गरेको संवादको फल हो,’ देउवाको भनाइ थियो, ‘प्रचण्डको नियत नै धोका दिने हो। अहिले नदिए पछि दिन्थे। यो बहाना टारे अर्को खोज्थे।’

पदाधिकारी बैठकमा कतिपय नेताहरूले भने कम्युनिष्टहरू एक हुनका लागि कांग्रेससँगको गठबन्धन प्रधानमन्त्री प्रचण्डले टुटाएको हुन सक्ने बताएका थिए।

‘कम्युनिष्टहरू पुन: एक बनाएर नेकपा ब्युँताउन खोजेकोजस्तो पनि देखिन्छ, यसमा विदेशी शक्तिको पनि हात हुन सक्छ,’ पदाधिकारी बैठकमा एक नेताले भने।

कांग्रेसले मंगलबार अपराह्न ३ बजे देउवा निवास बूढानिलकण्ठमै कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रारम्भिक प्रतिक्रियामा भने प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले अप्रत्याशित ढंगले गठबन्धन भत्काएको बताए।

‘प्रधानमन्त्री प्रचण्डजीले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काउनुभयो। कांग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छ,’ उनले भने। (सेतोपाटीबाट)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist