ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गठबन्धन तोडिएसँगै कांग्रेस सबै बन्धनबाट मुक्त

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, ८:३७ बजे
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । माओवादी केन्द्रसँग गठबन्धन तोडिएसँगै अब नेपाली कांग्रेस सबै बन्धनबाट मुक्त भएको छ । सत्ता गठबन्धनकै पार्टीभित्रै आरोह र अवरोह झेलिरहेको नेपाली कांग्रेसलाई एक भएर अघि बढ्ने बाटो खुलेको छ । अब कांग्रेसले गठबन्धनको मुख हेरेर आफ्नो निर्णय गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गठबन्धनको बन्धनमा बाँधिएको नेपाली कांग्रेस निष्फ्रिक्री त बनेको छ नै आफ्नो निर्णय स्वतन्त्र रूपमा गर्नसक्ने भएको छ । सत्ता राजनीतिबाट टाढा भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा निर्णय गराउनुपर्ने बाध्यता हटेको कांग्रेसका नेताहरू बताउँछन् । गठबन्धन तोडिँदा अवसर गुमेको रूपमा लिने नभई यसलाई सदुपयोग गरेर लोकतान्त्रिक पार्टीलाई समेटर अघि बढ्नुपर्ने धेरै नेताहरूको मत छ ।

गठबन्धनकै कारण कांग्रेस महासमिति बैठकबाट पारित प्रस्तावलाई परिमार्जन गरेर केन्द्रीय समिति बैठकबाट पारित गर्ने शेरबहादुर देउवाको मुड परिवर्तन भएको छ । सत्ता साझेदार दल नै नभएको अवस्थामा देउवा महासमिति बैठकबाट सर्वसम्मत रूपमा पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट हुबहु पारित गर्ने तयारीमा जुटेका छन् । मंगलबार मात्रै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा चरम अवसरवादी चरित्र भएको निष्कर्षसमेत निकालेको छ । साथै, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ ।

बैठकपछि उपसभापति धनराज गुरुङले भने, ‘मन्त्रीहरूले असहयोग गरेको बहाना मात्र हो, उहाँ (प्रचण्ड) चरम असरवादी हो, सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो, हामीले गल्ती गरेका छैनौं ।’ गुरुङले अब प्रचण्डलाई काँध नथाप्ने भन्दै कांग्रेसले सकेको दिनमा अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरेका छन् । उपसभापति गुरुङको भनाइनुसार कांग्रेस पनि सरकार गठनका लागि गृहकार्यमा अघि बढ्नेछ ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बढी विश्वास गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउँछन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता केसीले अहिलेको अवस्थालाई कांग्रेसले आफ्नै पहिचान र शक्ति लिएर जनताको बीचमा स्थापित हुने मौकाका रूपमा लिनुपर्ने बताए ।

कांग्रेसले गठबन्धन तोडिएसँगै अब नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने नेताहरूको भनाइ छ । कांग्रेसका नेता शेखर कोइरालाले यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर २१ फागुनको घटना सामान्य होइन, कमजोर, अस्थिर र सत्ताका लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो, यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि रु भविष्यका लागि सजग बनौं ।’

कांग्रेसले महासमितिबाट पारित भएको प्रस्तावलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गरेर अघि बढ्नुपर्ने कतिपय कांग्रेस नेताहरूको भनाइ छ । गोदावरीमा ७ देखि १० फागुनसम्म चलेको महासमिति बैठकले आउँदो निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले मूर्तरूप पाउने भएको छ ।

महामन्त्रीको सो प्रस्तावले नेपाली कांग्रेसका सदस्य र मतदाताले आउँदो निर्वाचनमा अन्य दललाई भोट दिनुपर्ने बाध्यताको अन्त्य हुने भनाइ छ । विगतमा माओवादीसँग गठबन्धन गरेर जाँदा कांग्रेसलाई घाटा भएको निष्कर्ष महामन्त्री थापाको प्रतिवेदनले निकालेको थियो । माओवादीसँग गठबन्धन गरेकै कारण आफ्नो मतदाताको मत स्वतन्त्र र अन्य दलमा गएको महामन्त्री थापाको बुझाइ छ । सोही निष्कर्षमा महासमितिका अधिकांश प्रतिनिधि पनि देखिएका थिए ।

त्यस्तै, कांग्रेसले अब सनातन हिन्दू धर्मको विषयलाई पनि लिएर जाने भएकाले विगतमा राप्रपालाई दिइरहेका जनताको मत आफूतिर तान्ने कोसिससमेत गर्नेछ । संविधानमा धर्म निरपेक्ष भनेर लेखिएको भए पनि कांग्रेसका कतिपय नेताहरू धर्म सापेक्षता लेखिनुपर्नेमा जोड गरिरहेका छन् । संविधानमा धर्म सापेक्षता लेख्नका लागि संसद्को दुई तिहाइ मत आवश्यक पर्छ, त्यो नेपाली कांग्रेस र राप्रपाको मतबाट मात्रै सम्भव देखिँदैन । अबको चुनावी एजेन्डामा कांग्रेसले सूक्ष्म रूपमा सनातन हिन्दू धर्मको विषयलाई पनि उठाउन खोजिरहेको छ ।

कांग्रेस महासमिति बैठकमा पनि सो विषयमा १ हजार ६३ जनाले सनातन हिन्दूराष्ट्र हुनुपर्ने पक्षमा हस्ताक्षर गरे । कांग्रेस महासमिति बैठकमा सो विषय पनि प्रतिवेदनमा समेट्ने कोसिस भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई सो विषयलाई प्रवेश नगरौं, पछि छलफलको विषय हुनसक्ने भनेर पन्छाए ।

यद्यपि, उनले संकलित हस्ताक्षर बुझेर आफू सो विषयमा सकारात्मक भएको तर अहिले नै यस विषयलाई अघि बढाउँदा समस्या पर्ने बताए । उनले त्यसो भन्नुमा गठबन्धन भत्कनसक्ने भय र चिन्ता थियो । हिन्दू धर्मको विषयमा महासमिति बैठकमा जोडतोडका साथ कुरा उठेपछि माओवादी र एमालेले संशय व्यक्त गरेका थिए ।

साथै, कांग्रेसले अबको केन्द्रीय बैठकबाट कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै लड्ने प्रतिबद्धता जनाउँदै कांग्रेस एक भएर लड्न लागेको सन्देश दिन लागेको कांग्रेसका एक नेता बताउँछन् । विगतमा गठबन्धन हुँदा कांग्रेसको मत बाँडिदा स्वतन्त्रलगायतका नयाँ दलमा असन्तुष्टिको मत गएको निष्कर्ष कांग्रेसका नेताहरूले निकालेका छन् ।

डा। महतको टिप्पणी( प्रचण्ड धोकेबाज हुन्
निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कारणले सरकार र गठबन्धन टुटेको दाबी कपोकल्पित भएको स्पष्टीकरण दिएका छन् । अर्थतन्त्र लयमा ल्याउँदैगर्दा लगानी सम्मेलन र विश्व बैंकको सम्मेलनको मुखमा प्रचण्डले धोका दिएर नयाँ गठबन्धन बनाएको महतको भनाइ छ ।

‘मैले मन्त्रिपरिषद्को निर्णय रोक्ने भन्ने कुरा छैन, तर सरकारमा बसेर उपयुक्त हो वा होइन, के सही हो वा होइन भन्ने कुरा राखिन्छ,’ नेता महतले भने, ‘आर्थिक दायित्वको विषयलाई नकार्ने कुरा छैन, जेजे विषय आएका थिए, त्यो विषयमा यर्थाथमा के उपयुक्त र कानुनसम्मत छ कि–छैन भन्ने स्पष्ट ढंगबाट रोखको थिएँ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपोकल्पित दाबी गरेर गठबन्धन फेरिएको स्पष्टीकरण दिएको भन्दै नेता महतले ती दाबी कांग्रेस बैठकले खारेज गरेको बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist