ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी-धरान सडक निर्माण सुस्त – दुर्घटना बढ्दो, यात्रुलाई सास्ती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, ८:४६ बजे
इटहरी-धरान सडक निर्माण सुस्त – दुर्घटना बढ्दो, यात्रुलाई सास्ती
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी राजमार्गको रानी-विराटनगर-इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान-इटहरी सडकको सेउती-पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ ।

लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए । दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७९-८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको र ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन । ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन ।

चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।

धरान–इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताए । निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उहाँको भनाइ छ । ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist