काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बुधबार पनि बसेको थियो। बुधबारको बैठकमा मधेस प्रदेशमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सुनिश्चितता नभएसम्म मन्त्री नपठाउने अडान अधिकांश सदस्यहरूले राखेका थिए।
उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।