ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

संस्थागत विद्यालयलाई मेयरले ‘लुटेरा’ भनेको भन्दै छाता संगठनहरूद्वारा आपत्ति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते, २१:३२ बजे
संस्थागत विद्यालयलाई मेयरले ‘लुटेरा’ भनेको भन्दै छाता संगठनहरूद्वारा आपत्ति
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी । निजी विद्यालयका सञ्चालकहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘लुटेरा’ भनेको भन्दै संस्थागत विद्यालयका छाता संगठनहरूले आपत्ति जनाएका छन् ।

आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी विद्यालयका छाता संगठनहरू हिसान, प्याब्सन र एन–प्याब्सनले आपत्ति जनाएका हुन् ।

मेयर पौडेलले निजी विद्यालयका सञ्चालकहरूमाथि ‘निकृष्ट शब्द प्रयोग गर्दै अपमानित महसुस’ गरेको भन्दै आपत्ति रहेको जानकारी दिइयो ।

हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले मेयरबाटै यो किसिमको लाञ्छना लगाउनु अस्वभाविक रहेको बताए ।

मेयर पौडेलले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत निजी विद्यालयहरूले किताब, कापी, मोजा र पोसाक बिक्री गरेर ‘लुटेको’ बताएका थिए । उनले वार्षिक शुल्क र परीक्षा शुल्कको नाममा मनपरी शुल्क लिएको आरोप लगाएका थिए ।

सोही विषयमा खण्डन गर्दै संगठनहरूले आपत्ति जनाएका हुन् ।

विद्यालयमै मोजा, पुस्तक, कापी, पोसाक बेच्ने कुरा मेयरबाटै आइरहँदा निजी विद्यालयहरू सच्चिनुपर्दैन भन्ने जिज्ञासामा हिसान सुनसरीका अध्यक्ष भट्टराईले भने, ‘नियमन गर्न हामी तयार छौँ । हामीलाई पनि थाहा छैन, क–कसले यस्तो गरिरहेको छ रु,’

उनले उपमहानगरले यसबारे नियमन गर्ने ‘मेकानिजम’ बनाउनुपर्ने र यो कार्य गलत रहेको स्वीकार गरे ।

आफूहरूले विद्यालयमै जुत्ता, मोजा र पोसाक बेच्ने काम गर्न उद्वेलित नगर्ने उनको भनाइ छ ।

हिसान कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश दुलालले कुनै एक विद्यालयले गलत गरेको छ भन्दैमा सबैलाई एकै खाडलमा मुछ्न नहुने बताए । उनले भने, ‘सम्पूर्ण विद्यालय लुटेरा हुन् भन्नु र राजनीतिक दलका झोले हुन् भन्नु शोभनीय लागेन ।’

पोसाकबारे शिक्षा नियमावलीमा भएकै कुरा लागू भइरहेको उनले बताए । ‘गुणस्तरीय शिक्षा दिन शुल्क लिनुपर्छ भन्ने कुरा त जनता माविलाई हेरे पुग्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा अझै थप हुनका निम्ति इटहरीमा लगानी थप आवश्यक छ । यसमा त सरकारले प्रोत्साहन गर्नुपर्छ । निरुत्साहित गर्दा त कसरी शिक्षा सुधार हुन्छ रु’

उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति निजी क्षेत्रले कुनै कसर बाँकी नराख्ने बताए ।

शिक्षाको गुणस्तर र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरू पनि सकारात्मक रहेको भएपनि कसैलाई लाञ्छना लगाउनु र आरोप लगाउन आवश्यक नरहेको दुलालले बताए । निजी क्षेत्रको लगानीलाई सरकारले मूल्यांकन गर्नुपर्ने उनको तर्क छ ।

प्याब्सन कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापाले इटहरीको शैक्षिक अवस्थालाई सुधार गर्नका निम्ति सबै तयार रहेको बताए ।

‘नियमन र सुधारको निम्ति एक पक्षलाई मेयरले गरेको अपमानजनक व्यवहार ठीक छैन,’ उनले भने, ‘केही दिनअघि उपमेयरले सार्वजनिक कार्यक्रममै कुनै एक पक्षलाई बाहिर राखेर शिक्षा ऐन बनाएको बताउनुभएको थियो । यसरी हेर्दा हाम्रो एक पक्षलाई बाहिर राखेर शिक्षा क्षेत्र सुधार हुँदैन ।’

प्याब्सन इटहरीका उपाध्यक्ष सूर्यमणि निरौलाले सबै विद्यालयमा एकै पोसाक लागू गर्न नसक्ने जिकिर गरे । ‘आगामी शैक्षिक सत्रदेखि पोसाकमा एकरूपता ल्याउने विषय कार्यान्वयन गर्न सकिदैँन,’ उनले भने, ‘यसबारे उच्च अदालत विराटनगरमा रिट पनि दायर भएका कारण हामी थप कुरा बोल्न चाहन्नौ ।’

निजी विद्यालयका तर्फबाट इटहरी नगर शिक्षा समिति सदस्य रहेका पूण्यप्रसाद सापकोटाले भने यसअघि उपमहानगरमा भएको छलफलमा आफूले असहमति जनाउँदापनि मेयर पौडेलले एकलौटी निर्णय लादेको आरोप लगाए ।

‘पोसाकको विषय शिक्षा समितिबाट निर्णय भएपनि मैले असहमति लेख्ने कुरा थियो,’ उनले भने, ‘मैले शालिनताका साथ विमति राखेको छु । तथापि, उहाँहरूले स्वीकार गर्नुभएन ।’

इटहरी उपमहानगरले केही दिनअघि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे संकल्प पत्र प्रस्तुत गरेको थियोे ।

संकल्प पत्रअनुसार इटहरीका जनप्रतिनिधि, कर्मचारीका छोराछोरीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने, आगामी शैक्षिक सत्रदेखि संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई सबै प्रकारका शुल्कहरूमा एकरूपताका लागि आवश्यक व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा मोबाइल नर्सिङ सेवा प्रदान गरिनेजस्ता बुँदा उल्लेख छन् ।

यसअघि उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको थियो । निजी विद्यालयलाई किताब तथा स्टेशनरी बिक्री वितरणमा रोक लगाउने भन्दै गरेको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट समेत परेको थियो ।

प्याब्सन इटहरीका उपाध्यक्ष सूर्यमणि निरौलाले पालिकालाई विपक्षी बनाएर गत फागुन २ गते रिट दायर गरेका थिए । अदालतले उपमहानगरलाई १५ दिने लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले बिहीबार ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने ? आधार, कारण र प्रमाणसहित १५ दिनभित्र हाजिर हुन’ उपमहानगरलाई आदेश गरेको हो ।

इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० वटा विद्यालय छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist