काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए ।
दिपेश सुन तस्करी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएका थिए। उनलाई रूपन्देही लैजाँदै गरेको स्रोतले बतायो ।
पुनलाई प्रहरीले कुन मुद्दा पक्रेको हो खुलाएको छैन ।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको थियो । यस्तै, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको थियो ।







