धरान । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ ।
धरानमा वर्षेनी खानेपानीको समस्या बढ्दै गएपछि धरानका नगरप्रमुखको पहलमा कोकाहा नदीवाट पाइप विछ्एर धरानमा खानेपानीका केही हदसम्म समस्या सामाधान गरिएको थियो । तर जङ्गलमा लागेको डढेलोले खानेपानीको पाइप जलाएपछि पानी अवरुद्ध हुन पुगेको हो ।
पानी आउन वन्द भएपछि धरानको केही वडाहरुमा पानी आउन बन्द भएको छ । धरानको ११,१२ र १५ वडामा बढि पानीको समस्या देखिएको छ ।
चारकोशे जङ्गल क्षेत्रवाट छवटा बोरिङमार्फत धरानमा पानी आपुर्ती गरिंदै आएको छ । तर लगातारको खडेरीले पानीका मुहान सुकेका कारण समेत सर्वसाधारणको धारामा पानी नआउँदा धरानमा अहिले पानीको हाहाकार भएको हो ।
धरानमा दैनिक तीन करोड खानेपानीको माग रहेको छ । तर दुइ करोड लिटर पानीको मात्र आपुर्ती हुने गरेको छ । यो खडेरीमा झनै पानीको अभाव चुलिएको छ ।
NTV बाट साभार