ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरी १ नं बराह बाहिनीको स्थापना दिवस, विभिन्न कार्यक्रम गरी सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र १८ गते, २२:४१ बजे
सशस्त्र प्रहरी १ नं बराह बाहिनीको स्थापना दिवस, विभिन्न कार्यक्रम गरी सम्पन्न
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सशस्त्र प्रहरी १ नं बराह बाहिनी पकलीले आफ्नो २३ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल १ नं बराह बाहिनी मुख्यालय पकली, सुनसरीले सशस्त्र प्रहरी बल, नेपालका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी मनाएको हो ।

कार्यक्रममा सुरक्षा फौजको शानको रूपमा रहेको खुकुरी ड्रिल, विभिन्न मौलिक लोक भाका तथा समुदायका भाषा र संस्कृति सम्बद्ध नृत्यहरू प्रदर्शन गरिएको थियो ।

स्थापना दिवसको अवसरमा रक्तदान, सीमा सुरक्षा सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन, स्थानीय धार्मिक स्थलहरूको सरसफाइ, आन्तरिक रूपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा विजेता हुन सफल सशस्त्र प्रहरी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र, बाहिनी तथा बाहिनी मातहतका कार्यालयहरूमा कार्यरत रही उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई नगद एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो ।

साथै सशस्त्र प्रहरी बल, नेपाललाई विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण सहयोग प्रदान गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना, सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमाइगाई, सशस्त्र प्रहरी निरीक्षक त्रय कृष्ण बहादुर बम, अशोक न्यौपाने र महेन्द्र मोक्तान एवम् सशस्त्र प्रहरी नायव निरीक्षक सुवर्ण कुमार चौधरीलाई प्रदान गरिएको थियो ।

नेपाली सेना पूर्वी पृतनाका पृतनापति, मोरङ, सुनसरी र उदयपुर जिल्लाका विभिन्न पालिकाका स्थानीय सरकार प्रमुख, कोशी प्रदेश सरकारका निमित्त प्रमुख सचिव, नेपाली सेना पूर्वी पृतना अन्तर्गतका बाहिनीपतिहरु, प्रदेश सुरक्षा समितिका पदाधिकारीहरू, मोरङ, सुनसरी र उदयपुर जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्था प्रमुख, पूर्व सशस्त्र प्रहरी कर्मचारी, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, अमर सशस्त्र प्रहरीका परिवार तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

स्थापना दिवसका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षकले सशस्त्र प्रहरी बल, नेपाललाई स्थापना कालदेखि हालसम्मको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रूपले योगदान गर्ने सवैलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्पराले सशस्त्र प्रहरी कर्मचारीहरूमा आफ्नो युनिट प्रति कर्तव्यनिष्ठता बढ्ने बताए ।

बाहिनीले कोशी प्रदेशको समग्र सुरक्षा व्यवस्थापन र राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको तथा विपद् व्यवस्थापनको लागि सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी आवश्यक पूर्व तयारी गर्न आग्रह समेत गरे ।

१ नं बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सङ्गठन प्रमुखबाट ल्याइएका नीतिगत सुधारका योजनालाई बाहिनी तथा मातहत इकाईहरूले कार्यान्वयन गरिरहेको तथा भविष्यमा अझ प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने प्रतिवद्ता व्यक्त गर्दै कोशी प्रदेश सरकारको सहयोगमा २० जना गोताखोर जनशक्ति उत्पादन गरी खोज तथा उद्धारमा थप सबल बनाएको बताए ।

बाहिनीपति पोखरेलले सुरक्षा बेस मुलघाट, धनकुटालाई डेडिकेटेड विपद् व्यवस्थापन वेसको रूपमा स्थापना गरिएको एवम् सप्तकोसी नदीमा निकट भविष्यमा रेस्क्यू टावर स्थापना गर्न लागिएको समेत जानकारी दिए ।

  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist