काठमाडौं । आजबाट उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रशासन कार्यालयले ५ महिनादेखि जारी गरेको निषेधाज्ञा आज दिउसो बाट हटाएको छ ।
कालिप्रसाद पराजुलीले बिहीबारदेखि भदौ मसान्तसम्म लागु अुनेगरी निषेधाज्ञा हटाई आदेश जारी गरेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नभे ‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं । स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने मोडालिटीमा गयौं,’
यो आदेश बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गरेका हुन् ।
अहिले पठनपाठन सञ्चालन गर्नुपर्ने भएमा अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सकिने उनिहरुले बताए ।
त्यस्तै व्यवसायको हिसाबमा पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू उचित नियमको पालनामा सञ्चालन गर्न पाइने भएको छ ।
ढुवानीकोमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ ।
त्यस्तै सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने व्यावस्था तोकिएको छ ।