ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा नागरिकलाई क्षमता अभिबृद्धि र विद्यार्थीलाई छात्रवृत्ती कार्यक्रम सुरु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २० गते, ७:५६ बजे
सशस्त्र प्रहरीद्वारा नागरिकलाई क्षमता अभिबृद्धि र विद्यार्थीलाई छात्रवृत्ती कार्यक्रम सुरु
41
SHARES
Share on FacebookShare on Twitter

सुनसरी ।  सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीले कोशी प्रदेशका सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि नयाँ कार्यक्रमहरुको शुरुवात गरेको छ ।

सीमाक्षेत्रमा बसोबास गर्ने सीमावासी नागरिकलाई व्यवसायीक सीप प्रदान गर्ने उद्देश्यले अन्तराष्ट्रिय सीमा जोडिएको सुनसरी जिल्ला हरिनगर गाँउपालिकाका विभिन्न वडाका २० जना युवाहरुलाई क्षमता अभिबृद्धिका लागी १५ दिने केश कर्तक तालिम संचालन गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी सुनसरी तथा वाहिनी मातहत सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणमा आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बलका सीमा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले प्रशिक्षकलाई तालिम सामाग्रीहरु हस्तान्तरण गरी सो तालिमको उद्‌घाटन गरेका थिए ।

सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण गर्न सीमावर्ती ईलाकामा बसोबास गर्ने जनताको आर्थिक स्थिती सबल बनाउने तथा स्वरोजगारको अवसरहरु सिर्जना गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले उक्त तालिम संचालन गरेको हो ।

सीमामा बसोबास गर्नेका सन्ततीलाई शैक्षिक छात्रबृत्ति

यसैगरी, सशस्त्र प्रहरी बलले सीमामा बसोबास गर्ने नागरिकका सन्ततीलाई शैक्षिक छात्रबृत्ति दिने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको २३ औं स्थापना दिवशको अवसरमा गत माघमा घोषणा गरे बमोजिम सीमा क्षेत्रमा बसोवास गर्ने आदिवासी, जनजाती, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र, वर्ग एवं सीमान्तकृत समुदायका छात्राछात्रलाई छात्रवृत्ति दिने भएको हो ।

सामुदायिक विद्यालयबाट एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक बृत्ति र दुई जनालाई नेपाल ए.पि.एफ. स्कुलमा कक्षा १० सम्म नि:शुल्क अध्ययनको व्यवस्था गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार प्रथम चरणमा अन्तराष्ट्रिय सीमा जोडिएको झापा जिल्ला गौरीगंज गाँउपालिका-४ स्थित बाह्रसुद्धि स्थायी घर भई स्थानिय गौरीया प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय छात्रा रानी ऋषिदेवलाई सशस्त्र प्रहरी बलको नेपाल ए.पि.एफ. स्कुलमा कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरिने भएको हो ।

आर्थिक अवस्था कमजोर, जेहेन्दार तथा दुबै अभिभावक गुमाएका ऋषिदेवलाई आगामी शौक्षिक सत्र बाट सशस्त्र प्रहरी बलले छात्रावास सहित अध्ययनको व्यवस्था गरेको छ ।

झापा जिल्लाको गौरीगंज ६ स्थित खजुरगाँछी माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी सुनसरी तथा वाहिनी मातहत सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्धारा आयोजित सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत छात्रबृत्ती वितरण र राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमबाट उक्त छात्रबृत्ती वितरणको घोषणा गरिएको थियो।

कार्यक्रममा खजुरगाँछी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री समेत वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका सीमा विभाग प्रमुख पौडेलले सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणालाई कार्यान्वयन गर्ने क्रममा संगठनले यस प्रकारका सानो भए पनि अर्थपुर्ण र प्रतिकात्मक कार्यहरुको थालनी गरेको बताए ।

यसैगरी, बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला निकायहरु र स्थानिय जनताहरुसँग समन्वय र सहकार्य गर्न, सीमा सुरक्षा र अन्तर सीमा अपराध नियन्त्रणमा प्रभावकारीता ल्याउन तथा सीमामा राज्यको उपस्थितिको अनुभुति गराउन यस प्रकारको कार्यक्रहरु संचालन गरिएको जानकारी दिएका थिए ।

सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल,  सुरक्षाका निकायका जिल्ला प्रमुखहरु, विभिन्न व्यापार तथा उद्योग संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय वडाका जनप्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमा क्षेत्रलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम, सीमा पैदल गस्ती, जनचेतनामुलक कार्यक्रम संचालन, सहजिकरण समितिको बैठक, स्वास्थ्य शिविर संचालन, आम नागरीको प्रयोगको लागी सीमा लक्षित शौचलाय, खानेपानी तथा प्रतिक्षालय जस्ता भौतिक संरचनाहरु निर्माण,  दशगजा ईलाकाको सरसफाई तथा बृत्ति विकास एवं क्षमता अभिबृद्धि सम्बन्धी कार्यहरु गर्दै आईरहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist