ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेताहरू पदको पछि लागेर देश बन्दैन्: पुर्व प्रधानमन्त्री नेपाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २३ गते, ७:१० बजे
नेताहरू पदको पछि लागेर देश बन्दैन्: पुर्व प्रधानमन्त्री नेपाल
22
SHARES
Share on FacebookShare on Twitter
  • सञ्जय मिश्रा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरु पदको पछाडी लागेर देश नबन्ने टिप्पणी गरेका छन्। बिहीवार संघीय राजधानी काठमाडौं स्थित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा नेता नेपालले उक्त कुरा बताएका हुन्।

पछिल्लो समय देशमा पदकै लागी हानथाप हुनथालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर गरेका थिए।
पूर्व प्रधानमन्त्री नेता नेपाल आफ्नो गृह जिल्ला रौतहटको चर्चा गर्दै सदरमुकाम गौर नगरपालिकामा मेयर शम्भु साहले गरिरहेको विकास निर्माणको काम जिल्लाकै लागी उदाहरणीय रहेको चर्चा गरेका थिए ।

उनले देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउदै सरकार मूकदर्शक भएको आरोप लगाएका थिए । नेता नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिका माथि प्रश्न उठाएका थिए ।

युवाहरु लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको छ तर अपराधीहरु कारवाहीको दायरामा आउन सकेका छैनन् । राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरु रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने आवश्कता औंल्याएका थिए ।

बिहीवार मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको दुर्व्यसन रौतहट र कैलाली जिल्लामा बढ्दो छ सरकार के गरेर बसेको छ, प्रहरी र प्रशासन के गरेर बसेको छ  युवा लागुपदार्थको दुर्व्यसनमा फस्छन् र अपराधी कारवाहीमा पर्दैनन भन्दै गुनासो गरेका थिए ।नेताहरु ईमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरु कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री तथा समाजबादी नेता डाक्टर बंशिधर मिश्रले नेपालका नेताहरु बंगलादेश संग सिक्नुपर्ने बताएका थिए । उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरु आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको पूर्व मन्त्री मिश्रले बताएका थिए ।

आ-आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाऔं भने प्रतिवद्धता सहित रौतहट टाईंम्स साप्ताहिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा संघीय सांसदको शिक्षा सूचना तथा प्रविधी समितिको सभापति अमर बहादुर थापा, प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, गौर नगरपालिकाका मेयर शम्भु साह, लगायतले बर्तमान समयमा छापा मीडिया अर्थात पत्रीका प्रकाशन चुनौतीपूर्ण काम रहेको चर्चा गर्दै पत्रीका नियमित प्रकाशन संगै समाज सेवामा समेत सक्रिय रहेको भन्दै सम्पादक प्रकाशक गोबिन्द चौलागाईको प्रशंसा गरेका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिका घरभई चौलागाईं राजधानी काठमाडौं बसेर २६ वर्षदेखि नियमित पत्रीका प्रकाशन गर्दै आएका छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist