ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम २ डम्बर खड्कालाई उम्मेद्धार बनाउने कांग्रेसको निर्णय ,को हुन् खड्का ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २३ गते, ७:२८ बजे
इलाम २ डम्बर खड्कालाई उम्मेद्धार बनाउने कांग्रेसको निर्णय ,को हुन् खड्का ?
28
SHARES
Share on FacebookShare on Twitter

इलाम । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि इलाम-२  उपनिर्वाचन उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

बैठकले नेपाली काङ्ग्रेस इलाम जिल्ला सभापति समेत रहेका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

नेपाली काँग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

आकाङ्क्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको थियो ।

३ दिन सम्म बसेको बैठकमा भेषराज आचार्य र डम्बरबहादुर खड्का मध्ये कसलाई उम्मेदवार बनाउने भनेर छलफल भएको थियो ।

को हुन् डम्बर बहादुर खड्का ?

डम्बरबहादुर खड्का युवा माझ लोकप्रिय नाम हो । आफ्नै खर्चमा बिरामी र गरिब वर्गलाई सहयोग गर्दै आएका उनी निडर स्वभावका नेता हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका खड्का प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक चुनाव लड्दै छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक २०७९ सालको उनी हेब्बीवेट नेता मानिएका एमाले संसदीय दलका उपनेता तथा पार्टी केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सँगको प्रतिस्पर्धा निकै कम मतान्तरले उनी पछि परेका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का १०५१ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति बने । २०५८ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष समेत बने ।

पार्टीको १२ औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्ष समेत बनेका खड्का त्यसपछि महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिको प्रत्याशी हुँदै १४ औँ महाधिवेशनबाट जिल्ला सभापति बनेका हुन् ।

युवाले नेतृत्व गर्नुपर्छ भन्ने सोच राख्ने नेता खड्काले २०६२/०६३ सालमा भएको राजतन्त्र विरुद्धको आन्दोलनमा जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सोही बेला प्रहरी दमन समेत भोगेका उनले अन्य समयमा समेत परिवर्तनको पक्षमा उभिँदा प्रहरी दमन भोग्नु परेको बताउने गरेका छन् ।

गरिब परिवारमा २०३१ सालमा पिता धनबहादुर र मनमाया खड्काको कोखबाट जन्मिएका उनी सानै उमेर देखी नै राजनीतिसँगै व्यवसायमा पनि अघि बढे ।

२०७९ सालको निर्वाचनमा उनी एमाले उपाध्यक्ष नेम्वाङसँगको प्रतिस्पर्धामा एक सय १४ मतले पछि परे र उनी सो चुनावमा उपविजेता बनेका थिए ।

मतदाताकै मन र मत परिवर्तन होला भन्ने आशामा पुन उनी इलाम क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिएका छन् । गरिब, असहाय र पीडितको सेवामा लागेका कारण आफूले मत जित्ने दाबी गर्ने खड्काले धेरैलाई सहयोग समेत गरेका छन् ।

खड्काले व्यवसायबाट कमाएको पैसाले व्यक्तिगत रूपमा नै सहयोग माग्दै आउने सयौँलाई उपचारमा सहयोग गर्ने र गरिब बर्गलाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा भएको लकडाउनमा मजदुर र गरिब गरिबलाई समेत लाखौँ मूल्य बराबरको सहयोग गरेका कारण गरिब र विपन्न माझ समेत उनको लोकप्रियता बढेको छ । युवाले समेत मन पराएका नेतामा पर्छन् खड्का ।

यस अघि २०७४ सालको चुनावमा इलाम क्षेत्र नम्बर दुईकै १ बाट प्रदेश सभामा उठेका उनले दोस्रो मत ल्याएका थिए । एमालेका उम्मेदवार राम रानासँग पराजित खड्काले यस पटक प्रतिनिधिसभामा जित हाँसिला गर्ने दाबी गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist