ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम उपनिर्वाचन – यसकारण बलिया छन् डम्बर खड्का

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २४ गते, ६:४३ बजे
इलाम २ डम्बर खड्कालाई उम्मेद्धार बनाउने कांग्रेसको निर्णय ,को हुन् खड्का ?
47
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको माहोल तातेको छ । नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएसँगै चुनावी गर्मी बढेको हो । आधिकारिक उम्मेदवार बनेसँगै डम्बर खड्काले चुनावी रणनीति बनाएर अभियान सुरु गरेका छन् । खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन् ।

शुक्रबार बिहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए ।

६ जना आकांक्षीलाई पछि पार्दै उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार बनेका खड्काले भने,‘अघिल्लोपटक राष्ट्रियरूपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहौल फरक थियो ।

अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरूसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले अगाडि भने,‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन । मेरो काँधमा पार्टीको भविष्य छ । त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ ।’

खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रो पटक अवसर दिएका हुन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

यसपटक खड्काले चुनाव जित्न सहज भएको दाबी गर्नुको पछाडि थुप्रै आधारहरु कांग्रेसले प्रस्तुत गरेको छ । विशेषत मुख्य प्रतिस्पर्धी एमालेले राजनीतिमा अनुभव नै नभएका र वंशको राजनीतिबाट उदाएका सुहाङ नेम्बाङलाई इलामेली मतदाताले नचिनेकाले आफूलाई सहज महशुस भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु इलाम नबसेको डेढ दशक नाघिसकेकाले नयाँ उम्मेदवारलाई मतदाताले विश्वास नगर्ने खड्काले दाबी गर्दै आएका छन् ।

त्यस्तै पहिचानवादीहरुका तर्फबाट उम्मेदवार बनेका डाकेन्द्रसिंह थेगिम पहिले एमालेमै रहेर लामो राजनीति गरेका नेता भएकाले एमालेको सैद्धान्तिक धेरै मत थेगिङले काट्ने भएकाले डम्बरले सहज महसुश गरेका छन् । त्यस्तै प्रतिस्पर्धामा रहेका राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राईबाट अफूलाई ठूलो असर नगर्ने उनको दाबी छ । कांग्रेसको मत कतै डाइभर्ट नभएकाले सैद्धान्तिक मत र केही एमालेको मत चोर्दा आफू सहजै विजयी हुने खड्काको अनुमान छ ।

त्यति मात्र होइन एमालेबाट उम्मेदवार बनाइएका सुहाङ राजनीतिमा उदाउँदा जिल्लामा दशकौंदेखि दुःख गरेका नेताहरुको राजनीतिक करियरमै धक्का लाग्ने भएकाले एमालेभित्र ठूलो ‘विद्रोह’को खतरा देखिएको कांग्रेसहरुले अनुमान गरेका छन् । त्यस्तै प्रतिस्पर्धी उम्मेदवार सबै आदिवासी जनजाती भएकालो खसआर्य समूदायको अधिकांश मत रुख चिन्हमा खस्ने साथै आदिबासी जनतातीको भोट बाँडिएर आफूतिर आउने खड्काले अनुमान गरेका छन् ।

कांग्रेसले असहज महसुश गरेको चुलाचुली, माई र माङसेबुङ नगरपालिकाको मत यसपाली बृहत रुपमा बाँडिने भएको र कांग्रेसको मत नबिग्रेकाले खड्काले सहज महशुस गरेका छन् ।

रास्वपाका मिलन लिम्बुले दल परिवर्तन गरेकाले ‘अवसरवादी’को आरोप खेपिरहेको साथै रास्वपाका केन्द्रीय नेताहरु सहकारी कान्ड र भ्रष्टाचारमा मुछिएकाले तल्लो स्तरका जनतामा नकरात्मक सन्देश प्रवाह भइसकेकाले कांग्रेसले सहज परिणाम निकाल्ने अनुमान गरेको छ ।

विशेषगरी यसपाली धेरै संख्यामा उम्मेदवार, सबै जनजाती उम्मेदवार भएकाले आफ्नो सैद्धान्तिक मतले नै पनि कांग्रेसले राम्रो परिणाम निकाल्ने अनुमान गरिएको छ ।

चुनावी सम्पत्तीका रुपमा समाजसेवा

निर्माण व्यवसायसँगै समाजसेवा र राजनीतिलाई अघि बढाएका खड्काले ‘दिलदार समाजसेवी’को उपमा समेत पाएका छन् । उनले पछिल्लो दशक व्यक्तिगत रुपमा चार करोड बढी इलामेली जनताका नाममा समर्पित गरिसकेको दाबी गरिरहेका छन् ।

मेला, महोत्सव, खेलकुद प्रतियोगिता, पूराण, महायज्ञ, सडक निर्माण, मठमन्दिरलाई सहयोग, दुखी, विरामी, असहाय र विपत्तिमा परेकाहरुलाई गरेको राहत खड्काका लागि सम्पत्तिका रुपमा हेरिएको छ ।

‘मैंले स्कुल, संघसंस्था, धार्मिक मठमन्दिरबाट समाजसेवा गरेवापत् दर्जनौँ सम्मान पाइसकेको छु। गरिब, दुःखी, बिरामी, प्राकृतिक प्रकोपका बेलामा, कोरोनाको बेलामा त्यहाँका नागरिकलाई र त्यहाँबाट यहाँ काठमाडौँ आएकालाई घरैसम्म पुर्‍याइदिएको छु।

अघिल्लो पटकको चुनावपछाडि म जनतासँगै निरन्तर जोडिएको छु,’ खड्काले भनेका छन् । यस पटक त्यसको सबै मूल्यांकन हुने उनको दाबी छ ।

जनतासँग गठबन्धन गरेको बताउँदै आएका खड्काले राजनीतिक गठबन्धनसँग डर नमानेको र निरन्तर मतदातासँग जोडिएर काम गरेकाले जित निकाल्नसक्ने आधार प्रश्तुत गरेका छन् ।

‘मेरो गठबन्धन जनतासँग हो। विकास निर्माणसँग हो। र, इलाममा विकास निर्माण नपाएका जनतासँग मेरो गठबन्धन हुन्छ। निरन्तर रुपमा मैले जसलाई अप्ठेरो पर्छ त्यसबेला सहयोग गरेका ती व्यक्तिहरूसँग मेरो गठबन्धन हो।

इलामे माटोमा भिजेको, त्यो बाटोघाटो चिनेको, छरछिमेक चिनेको र काम गर्न सक्ने र जनतालाई आवश्यक परेको बेलामा सेवा, सुविधा र साथ दिनसक्ने उम्मेदवार म मात्र छु, उनले भनेका छन् । खड्काले पहिचान भनेको सभ्यता भएकाले त्यसको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन् ।

चुनौति र अवसर

नेपाली कांग्रेसभित्रकै नेताहरुबाट असहयोग हुने अवस्थाको अन्त्य भइसकेको दाबी गरिरहेका खड्कालाई आफ्नाबाट धोका हुने हो कि भन्ने पनि चिन्ता छ । उम्मेदवारका आकांक्षीहरु व्यवस्थापनका लागि केन्द्रीय नेतृत्वले उचित अवसर प्रदान गर्न उनी आफैंले जोड दिइरहेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा ५ वटा पालिका छन् जसमा चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका सबै वडा यो क्षेत्रमा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १, ९, ११ र १२ र देउमाई नगरपालिकाका ६ र ८ नम्बर पनि यही समेटिन्छ ।

चुलाचुली गाउँपालिकामा ६, माङ्सेबुङमा ६, फाकफोथुममा ७ वटा वडा रहेका छन् । २५ वडामध्ये २०७९ को निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । नेपाली कांग्रेसलेले १३ वटा वडामा अध्यक्ष जित्दा एमालेले ९ वटा वडा जितेको छ ।

स्थानीय तहमध्ये चुलाचुलीमा नेपाली कांग्रेसले अध्यक्ष पद जित्दा उपाध्यक्ष एमालेले हत्याएको थियो । माङ्सेवुङमा एमालेका अध्यक्ष र जसपाका उपाध्यक्ष छन् ।

फाकफोकथुम गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै एमालेले जितेको छ । देउमाई नगरपालिकामा भने अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ । इलाम नगरपालिकामा मेयर उपमेयर दुवै कांग्रेसले जितेको छ ।

१३ वडा अध्यक्ष जितेको नेपाली कांग्रेसले सबैभन्दा बढी चुलाचुली गाउँपालिकामा ५ वडा जितेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा वडा जितेको छ ।

माङ्सेवुङका ४ वटा वडा एमालेले जितेको छ । एउटा वडाध्यक्ष माओवादीका छन् । फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा कांग्रेस र बाँकी ३ वटा एमालेले जितेको छ ।

इलाम नगरपालिकाको ४ वडामध्ये ३ वटामा कांग्रेस र एउटामा एमालेले जितेको छ । देउमाई नगरपालिकामा कांग्रेस र एमालेका एक९एक अध्यक्ष छन् ।

२५ मध्ये १३ वटा वडा जितेको कांग्रेसले १७ हजार ४८२ मत पाएको छ । एमालेले ९ वटा वडा जित्दा कांग्रेसको भन्दा १८१ बढी १७ हजार ६०० भोट छ ।

एउटामात्र वडा जितेको माओवादी केन्द्रले वडाहरुको मत जोड्दा २ हजार ६०२ मत पाएको छ । पहिचानवादी दलहरू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा, जनमुक्ति पार्टीहरूको मत २ हजार ५७ छ ।

वडा र पालिकाको नतिजा हेर्दा कांग्रेस तुलनात्मक रुपमा बलियो देखिन्छ । यसपालीको परिस्थिति फरक भएकाले केही मत विग्रने कांग्रेसको अनुमान छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist