ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एनआरएनएको आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २६ गते, १०:०२ बजे
एनआरएनएको आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो ‘इगो’ त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरु सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’ उनले आफूहरु एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए ।

उनले आफूले विकृतिविरुद्ध लडिरहने भनेर बाचा गरेको स्मरण गर्दै यो नटुंग्याइकन खुट्टा कमाउँदिन भनेको र त्यसका लागि काम पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवारी पाएको खण्डमा पुरा गरिछाड्ने बताए ।

बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे ।  समयमै समस्याको इमानदारिताका साथ समाधान गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ थियो ।

यसैगरी अभियन्ता महेश श्रेष्ठकठिन परिस्थितिमा पनि आरकेको नेतृत्वमा काम कारबाही भएको भन्दै शर्मासहित सबै साथीहरुप्रति हार्दिक आधार व्यक्त गरे । जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले जसरी फैसला छ त्यसलाई सकारात्मक रुमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  उनले संस्थामा अफ्ठ्यारो परिस्थिति सिर्जना हुनुमा नेतृत्व गर्न चाहने साथीहरुको इगोले भूमिका खेलेको जिकिर गरे ।

‘१० औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम ग¥यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १० औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’

अब आउने नेतृत्वमा आवश्यक परे अहिलेको परिस्थिति निम्तने कार्यमा जिम्मेवारहरुले नेृतत्वमा दाबी गर्न नहुने उनले बताए ।  उनले सर्वोच्चको फैसलालाई नै चुनौती दिने कार्य बद्री केसी पक्षबाट भएको भन्दै असन्तुष्टि पोखे । ‘अदालतले हराइदियो अब पनि देखाइदिने हो भन्ने भावना जगाउने हो भने एकता हुँदैन’, उनले जोड दिँदै भने, ‘सबैले आत्माआलोचना गरौँ । इगो त्यागौँ । एक कदम पछि हटौँ । समस्याको समाधान हुन्छ ।’

यस्तै अर्का अभियन्ता केशव पौडेलले १० औँ महाधिवेशनदेखि संस्थामा पावर, पैसा र मसलको अली बढी प्रयोग हुँदा समस्या बढ्दै गएको बताउ । ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो । यो अभियान अभियाजस्तो भएन भनेर भनेका थियौँ । इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठुलो हुँदैन’, उनले भने ।

यस्तै अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायत अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभान देखाउन तल्लीन रहेको आरोप लगाए। एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरुले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरु तरंगित छन् । दुई दिनअघि  बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।

तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist