ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम–२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २६ गते, १०:०६ बजे
इलाम–२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी ?
27
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ । एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचानवादी र स्वतन्त्र उम्मेदवारले ठूला राजनीतिक दललाई चुनौती दिने देखिन्छ ।

कांग्रेसको जीतमा अन्तरघातको खतरा

इलाममा विगतका निर्वाचनभन्दा यसपटक फरक चित्र देखिएको छ । कोशी प्रदेशको नामलाई लिएर पहिचानवादी पक्षधरले विरोध गरिरहेको अवस्थामा यसपटकको निर्वाचन रोचक बन्ने देखिन्छ । सो क्षेत्रमा सबैले आ–आफ्नो पक्षको जीत सुनिश्चित भनिरहेका छन् । तर, यस निर्वाचनको अवस्थालाई आँकलन गर्दा सुरुमा गत वर्षको मतपरिणामलाई पनि हेर्नुपर्ने हुन्छ ।

एमाले सांसद स्वर्गीय सुवासचन्द्र नेम्वाङले अघिल्लो निर्वाचनमा १ सय १४ को साँघुरो मतले निर्वाचन जितेका थिए । त्यतिबेला नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । त्यस समयमा गठबन्धन भएकाले गठबन्धनबीचको निर्वाचनका कारण दुई पक्षीय प्रतिस्पर्धा भए पनि यसपटक भने पहिचानवादी पक्षधरका कारण चार पक्षीय निर्वाचन हुने सम्भावना छ । नेम्वाङले त्यतिबेला ३० हजार २० मत ल्याएर विजयी हुँदा कांगे्रसका खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

सुवास नेम्वाङको निधनपछि यसपटक एमालेले उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । एमालेले उपनिर्वाचनमा सहानुभूति मत बटुल्न पनि सुहाङलाई उठाएको हो । नेपाली राजनीतिमा यसअघि पनि श्रीमान्को मृत्युपछि श्रीमती, बाबुको निधनपछि छोरालाई उम्मेदवार बनाउने परम्परा एमालेमा पहिलो भने होइन ।

यसअघि पनि वंश परम्पराको राजनीतिलाई प्राथमिकता दिइँदै आएको छ । यसअघिको वंश परम्परामा राजनीतिक उत्तराधिकारी पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि उपनिर्वाचनमा टिकट पाएकी विद्यादेवी भण्डारी त्यसको पहिलो उदाहरण हुन् । त्यसपछि यस परम्परालाई एमालेले निरन्तरता दिँदै आएको छ । त्यसपछि कांग्रेस र माओवादीले पनि यसको सिको गरेका छन् ।

यसपटक परिवारबाटै राजनीतिक उत्तराधिकारीका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई अघि सार्नुको पछाडि सहानुभूति मतसँगै अत्यधिक बहुमतले जित्ने लक्ष्य एमालेले राखेको छ । तर, इलामका मतदाताले एमालेलाई दिने आधा मत पहिचान पक्षधरलाई जाने सम्भावना पनि उत्तिकै छ । एमाले पहिचानको विरोधी भन्दै पहिचानवादी पक्षधरले इलाममा जनमत बनाइरहेका छन् ।

अघिल्लो निर्वाचनको परिणाम हेर्दा बलियो देखिएको एमालेको मत पहिचानवादी पक्षधरमा बाँडिएमा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई निर्वाचन जित्न मुस्किल पर्नसक्ने सम्भावना उत्तिकै छ ।

एमालेका उम्मेदवारलाई यसपटक माओवादीले सघाउने भनेर विज्ञप्ति नै जारी गरिसकेको छ । तर, माओवादीकै नेता तथा कार्यकर्ता भने आफ्नै पार्टीको निर्णयमा कति अडिग हुन्छन् भन्नेमा शंका छ । केन्द्रमा सत्ता गठबन्धनपछि माओवादी नैतिक संकटका बाबजुद एमालेको उम्मेदवारलाई सघाउने निचोडमा पुगेको हो ।

त्यसो हुँदा सहज रूपमा जित निकाल्न सकिने एमालेले आँकलन गरे पनि सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईलाई उम्मेदवार बनाइएको छ । राई एमाले पृष्ठभूमिका हुन् ।

यसअघि कोशी प्रदेशको नामकरणको सवालमा एकीकृत समाजवादीले लिम्बुवान प्रदेश बनाउनुपर्छ भनेर पहिचान पक्षधर देखिएको कारण पहिचानवादी र एमालेको भोटसमेत उसले लिनसक्ने देखिन्छ ।

यसो हुँदा सुहाङलाई जित निकाल्न झनै गाह्रो पर्नेछ । त्यस्तै, पहिचानवादी पक्षधरबाट निर्वाचनमा होमिएका डकेन्द्रसिंह लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

उनलाई प्रदेश १ को पुनः नामकरण संघर्ष समितिमा आबद्ध ४१ बढी घटकसहितका दलको समर्थन रहेको छ । डकेन्द्रलाई डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, जसपासहितका दलको पनि समर्थन छ । साथै, किराँती धर्म गुरुको पनि डकेन्द्रलाई समर्थन भएको हुँदा डकेन्द्र ठूला दल कांग्रेस र एमालेका लागि चुनौती बनेका छन् ।

एमाले पृष्ठभूमिका भएकाले उनले पनि एमालेको भोट काट्नसक्ने आँकलन गर्न सकिन्छ । किनकि डकेन्द्रले पहिचानको कुरा उठाएर निर्वाचनमा होमिएका छन् ।

यता, कांग्रेसका बलिया प्रतिस्पर्धीका रूपमा रहेका डम्बरबहादुर खड्का यसपटक निर्वाचन जित्ने दाउमा छन् । पहिचान पक्षधरका कारण सबैभन्दा बढी एमालेकै मत काटिने भएकाले यसपटक कांग्रेस उम्मेदवारको पल्लाभारी हुने सम्भावना रहेको कांग्रेसको आँकलन छ ।

अघिल्लो पटक माओवादीसहितको मत पाएका खड्कालाई यसपटक त्यो सुविधा छैन । तर, पहिचानवादी पक्षधर निर्वाचनमा होमिएका कारण कांग्रेसले यसपटक सहज जित निकाल्ने आँकलन गरे पनि पार्टीभित्र अन्तरघात हुने अवस्था आयो भने समस्या हुने देखिन्छ ।

भर्खरै गठबन्धनबाट बाहिरिएको कांग्रेसले यस उपनिर्वाचनमा एकजुट हुनसकेन भने आउँदो २०८४ सालको निर्वाचनमा झनै संकट बेहोर्ने निश्चित छ । त्यसैले, यसपटक कांग्रेसका गुट, उपगुट र समूहले केन्द्रबाट टिकट वितरण भएलगतै हामी सबै एकजुट छौं भनेर सन्देश दिएका छन् । तर, सो सन्देश निर्वाचनसम्म निरन्तर रहने हो कि होइन भन्ने शंका नै छ । यदि निरन्तरता रह्यो भने कांग्रेललाई जित निकाल्न सहज हुने देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले अघिल्लो पटक यस निर्वाचन क्षेत्रमा पर्ने पालिका र वडामा बलियो उपस्थिति जनाएको थियो । जनजातिको मत बाँडिदा त्यसको फाइदा कांग्रेसले लिनसक्ने सम्भावना पनि उत्तिकै छ । यसैले फेरि पनि कांग्रेसले सुहाङलाई बलियो चुनौती दिने देखिएको छ । फेरि पनि दुई पुराना र ठूला दल एकातिर आमनेसामने हुने स्थितिमा छन् ।

अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परम्परागत दलबाट आफूहरू फरक भएको भन्दै निर्वाचनमा होमिएको छ । रास्वपाले सो क्षेत्रमा मिलन लिम्बुलाई अघि सारेको छ ।

माओवादी पृष्ठभूमिका लिम्बुलाई रास्वपाले अघि सारे पनि जनताले कति मन पराउँछन् त्यो भने आउँदो निर्वाचनको परिणामले देखाउला । अघिल्लो पटक रास्वपाका प्रकाश सापकोटाले इलाम–२ मा १ हजार ३ सय ८० मत ल्याएका थिए ।

तर, यसपटक रास्वपाले इलामकै रैथाने लिम्बुलाई निर्वाचनमा उतारे पनि पहिचानवादी पक्षधरले धेरै मत काट्ने आँकलन त्यहाँका स्थानीय नेताले गरिरहेका छन् ।

रास्वपाको स्पष्ट भिजन नभएको र संघीयता नमान्ने पार्टी भएको भन्दै निर्वाचनमा आमजनतामा प्रचारप्रसार भइरहँदा त्यसको प्रभाव पर्ने देखिन्छ । २०८४ सालमा स्पष्ट बहुमत ल्याउँछौं भनिरहेको रास्वपाका लागि इलाम–२ को उपनिर्वाचन खरो परीक्षा हुने देखिएको छ ।

अघिल्लो पटक कसले कति मत प्राप्त गरेका थिए ?

अघिल्लो निर्वाचनमा इलाममा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५ सय ६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३ सय ३३ मत ल्याएको थियो । माओवादीले ५ हजार १ सय ५३ मत मात्रै पायो भने रास्वपाले ४ हजार ६ सय ८६ मत प्राप्त गरेको थियो ।

मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय १९, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ८६, नेकपा माक्र्सवादीले १ सय २९, जनमत पार्टीले १ सय २४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १ सय ५, लोसपाले ९९, नेमकिपाले ७१ र नेपाली जनता दलले ६० मत प्राप्त गरेका थिए । तर, यसपटक अघिल्लो वर्षको मतपरिणामलाई मात्रै आँकलन गरेर निर्वाचनको परिणाम यही नै हुन्छ भन्नसक्ने अवस्था देखिँदैन । पहिचानवादी पक्षधरका कारण इलाममा यसपटक निर्वाचन रोचक बन्नसक्ने र ठूला भनिएका दलको मत कटौती हुनसक्ने सम्भावना भने प्रचुर मात्रमा देखिन्छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist