ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भिजिट भिसामा विदेश जानेको लहर, दैनिक उड्छन् १७ सय

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र ३० गते, ७:२७ बजे
भिजिट भिसामा विदेश जानेको लहर, दैनिक उड्छन् १७ सय
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार औसतमा दैनिक एक हजार सात सय नागरिक विभिन्न देश उड्ने गरेका छन् ।

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएको तथ्यांक छ । त्यसअघि जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए । १० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खासगरी खाडी देश जाने बढेका छन्  ।

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणासमेत गर्नुपर्ने प्रावधान छ । विगतमा १७बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएको खुलेपछि प्रहरीले दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । सोही घटनापछि गृहले भिजिट भिसालाई सरलीकृत गरेको हो ।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल भिजिट भिसामा विदेश जानेको संख्या बढिरहेको बताउँछन् । मापदण्ड पुगेकालाई अध्यागमनले नरोक्ने उनले बताए । अमेरिका, अस्ट्रेलियालगायत देशमा नेपाली डायस्परा बढेसँगै परिवारका सदस्य भेट्न जानेदेखि घुम्न तथा रोजगारी खोज्दैसमेत कतिपय विदेश जाने गरेका छन् ।
भिजिट भिसामा रोजगारीका लागि विदेश जानेहरू बेचबिखनमा पर्ने समस्या देखिएपछि अध्यागमनले कडाइ गर्दै आएको छ । केही शंकास्पद यात्रा देखिएकाको हकमा अहिले पनि अध्यागमनले विमानस्थलबाटै फर्काउने गरेको छ ।

विदेश जानेको चापले विमानस्थलस्थित अध्यागमनमा लाइन लामो हुन थालेपछि अध्यागनमा तीन डेस्क थप हुने भएको छ । डेस्क थपका लागि धमाधम काम भइरहेको अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए ।

विमानस्थलको सुरक्षा सुदृढीकरण तथा सेवा सरलीकरणका लागि गत साता गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा सरोकारवालाहरूबीच बृहत् छलफलसमेत भएको थियो । छलफलले विमानस्थलमा सबै निकायबीच समन्वय बढाउने तथा सुधारलाई तीव्रता दिने निर्णय गरेको थियो ।

आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist