इलनम । नेपाली काँग्रेसका महामंत्री गगनकुमार थापाले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको र राजनीतिलाई विकृत तुल्याएको बताउनुभएको छ । यस्तो गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उहाँको दावि छ ।आज इलाममा नेपाली काँग्रेस नगर कार्यसमितिद्धारा आयोजित खुल्ला सभामा सम्बोधन गर्दै उहाँले ‘ चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ,’ भन्नुभयो ।
इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको महामन्त्री थापाले औल्याउनुभयो । उहाँले विकृत गठबन्धन बाट बनेको वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभयो ।
उक्त चुनावी सभामा काँग्रेसकै अर्का महामंत्री विश्वप्रकाश शर्माले विगतको अनुभवबाट चुनाव अगाडिको गठबन्धन विकृत भएको ले राजनीतिलाई सुधार्नका लागि सवै एकजुट हुनुपर्ने बताउनुभएको छ । २०४६ सालको परिवर्तन पछि पनि धेरै विकास निर्माणका गतिििवधि भएको औल्याउदै ढिलो हुने काममा खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सभामा सहमहामंत्री भिष्मराज आङ्गदेम्बे, सरीता प्रसाई उपनिर्वाचनमा नेपाली काँग्रेसका उमेद्धार डम्बर बहादुर खड्का, महासमिति सदस्य भेषराज आचार्य लगायतले परिवर्तन, पहिचान र प्रगति काँग्रेसको प्रतिवद्धता रहेको बताउनुभयो । सभा नगर सभापति तीर्थ गुरुङको अध्यक्षतामा भएको थियो ।







