ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मोडर्न प्रिपरेटोरीमा क्याप्टेन र भाइस क्याप्टेनको चुनाव – संसदीय निर्वाचनको झल्को

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते, १९:५९ बजे
मोडर्न प्रिपरेटोरीमा क्याप्टेन र भाइस क्याप्टेनको चुनाव – संसदीय निर्वाचनको झल्को
61
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ ।

इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन  खुला र छात्रा तर्फ गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो ।

विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् ।

विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा गौरव खड्का चुनाव चिन्ह डमरुमा १३१ मतले बिजयी भएका हुन् । भाइस क्याप्टेन खुलामा टेलिफोन चुनाव चिन्हकी खुसी विष्टले ८९ मत र भाइस क्याप्टेन छात्रा तर्फ दृष्टिका बाँस्कोटाले चुनाव चिन्ह गितारमा १२० मत प्राप्त गरेर विजयी भएका  विद्यालयका सह-प्रधानाध्यापक एवं प्रमुख निर्वाचन आयुक्त  रमेश निरौलाले जानकारी दिएका छन् ।

निरौलाका अनुसार हाउस क्याप्टेनहरुमा क्रमशः ग्रीन हाउसबाट हिमाल रानामगरले खुर्सानी चुनाव चिन्हमा १०५ मत, रेड हाउसकी आरजू भट्टराईले रकेट चुनाव चिन्हमा ९६ मत, ब्लु हाउसका सचिन विश्वासले फुटवल चुनाव चिन्हमा १०३ मत  र यल्लो हाउसका निश्चल घिमिरेले कुखुरा चुनाव चिन्हमा ९५ मत ल्याई विजयी भएका हुन् ।

कुल मतको अन्ठानब्बे प्रतिशत मत खसेको उक्त निर्वाचनमा  क्याप्टेनमा  र भाइस क्याप्टेनतर्फ तीन मत पूर्ण बदर भएको थियो ।

मतदानमा विद्यालयका कक्षा ३ देखि १० सम्मका तीन सय चार जना विद्यार्थीहरुले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदानबाट विद्यार्थीहरूबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ ।

एक साताअघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समय सीमाभित्र क्याप्टेनमा चार जना र भाइस क्याप्टेनमा पाँच जनाले मनोनयन दर्ता गरेका थिए ।

मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा ३ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।

बिहीबार दिउँसो ३ बजेदेखि मौन अवधि लागु गरेर प्रचारप्रसारमा रोक लगाइएको थियो । शुक्रवार विहान ११  बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो ।

निर्वाचनलाई सम्पन्न गराउन प्रधानाध्यापक मणिकुमार पौडेल निर्वाचन प्रमुख, निर्वाचन आयुक्त सहप्रधानाध्यापक रमेश प्रसाद निरौला त्यसैगरि, शिक्षकहरु सुबास निरौला, अर्जुन त्रिताल, यमुना विष्ट र सबिता ढुंगाना, छबिरमण भण्डारी, रेश्मा श्रेष्ठ, कृष्णप्रसाद तिम्सिना लगायत निर्वाचन सम्पन्न गर्न खटिएका थिए ।

विद्यार्थीहरूलाई दुई छुट्टाछुट्टै मतपत्रमा क्याप्टेन र भाइस क्याटेनका दुई पद र चारवटा हाउसको फरक-फरक चुनाव चिन्हमा मत सङ्केत गरेर मतदान गर्न लगाइएको थियो । मतदान सम्पन्न गर्न विद्यार्थीहरूलाई पर्यवेक्षकको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरू र पत्रकारले निर्वाचन सुपरिवेक्षकको भूमिका निर्वाह गरेका थिए ।

निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनहरुले बिद्यालयमा अनुशासन, मर्यादा र संस्कार युक्त वातावरण बनाउन गुरुहरुलाई सहयोग गर्ने, अतिरिक्त क्रियाकलापहरूलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहजीकरण गर्न र विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न र बिद्यार्थीहरुमा लोकतान्त्रिक अभ्यास र त्यसको महत्त्व बुझाउन विद्यार्थीहरूमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको विद्यालयले जनाएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist