इलाम। इलामको माइजोगमाई ४ को नामसालिङ्ग हात्तिटारमा खानेपानी आयोजना निर्माणका लागि अमेरीकाको कोलोराडो विश्वविद्यालयका विद्यार्थी जुटेका छन् । निर्माण कार्यमा समेत आफैं सहभागि भएर उनीहरुले हात्तिटार रमिते वनपाला खानेपानी योजना निर्माण गरिहेकाछन् । खानेपानी आयोजनाबाट स्थानीय हात्तिटारमा सुख्खा क्षेत्रमा रहेका २४ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी आयोजनाको अनुगमनका क्रममा विहिबार माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष पविना राई उपस्थित भएका थिए । अनुगमन पछि अध्यक्ष थेवेले समाजमा सामजिक उत्तरदायित्व बहन गर्ने काम विकृत हुदै गएको अवस्थामा विदेशीहरुले खानेपानी आयोजनामा उदाहरण प्रस्तुत गरेको बताए । उपाध्यक्ष राईले गाउँपालिकामा श्रोत अभाव लगायतका विभिन्न समस्या भइरहेको अवस्थामा एनसीडिसी मार्फत योजना सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।
अमेरीकाको कोलोराडो विश्वविद्यालयको इञ्जिनियर्स विथआउट बोडर्स ( भ्ध्द्य) ले खानेपानी आयोजना विगत पाँच वर्ष अगाडिबाट शुरु गरेको हो । उक्त संस्थाले लगानी गरेर शुरु गरेको आयोजनामा स्थानीय गैर सरकारी संस्था नामसालिङ्ग सामुदायिक विकास केन्द्रले समन्वय गरिहेको छ । इ डब्लु बीका मेन्टर र चार जना विद्यार्थी खानेपानीको आयोजना निर्माणमा खटेका छन् । मेन्टर लीजा क्यामेलीले हात्तिटारको समुदायका मानिसहरु उत्साहित भएर आयोजना निर्माणमा सक्रिय भएको र आफूहरुले पनि दीगो आयोजना निर्माणलाई प्राथमिकता दिइरहेको जानकारी दिइन ् । एनसीडीसी इलामका टीम लिडर हिराकाजी घलेले आयोजना मार्फत २४ घरधुरी एक संस्था र एक विद्यालय लाभान्वित हुने जानकारी दिए ।
आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको स्थानीय उपभोक्ता अम्मर देवानले बताए । उनले आयोजनाको सम्झौता गर्दा नै पाँच वर्षको लागि गरिएको र बीचमा कोरोना महामारीका कारण निर्माणमा केहि ढिलाई भएको बताए । खानेपानी आयोजना निर्माण भएपछि उक्त क्षेत्रमा वर्षौ देखि स्वच्छ पीउने पानी टाढाबाट बोक्नुपर्ने बाध्यता हटेको उनले बताए । इडब्लुबी एनसीडीसी र समुदायको करिव ३५ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएको हो ।