इलाम । इलाम लाई खोरेत रोग मुक्त जिल्ला बनाउने अभियान अन्तरगत माईजोगमाईमा यो अभियान पनि सूरु भएको छ । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण पशुहरुमा बिभिन्न समस्या देखा परि किनबेच गर्न समस्या र पशुहरुबाट उत्पादन भएका दुग्धजन्य बस्तुहरु निर्यातमा समेत अवरोध हुने भएकाले समाधानको लागी अभियान सुरु गरेको हो ।
हिजो र आज माईजोगमाईको सबै वडामा पशु चिकित्सक, जनप्रतिनिधि सबै टोलका संयोजकको उपस्थितमा भोली बाट सबै किसानहरुको घर घर गई भ्याक्सिन लगाउने अभियान सुरु गरीएको छ । पालिकामा जम्मा १३ हजार भ्याक्सिन ल्यएको र पहिलो चरणमा ५ हजार पशुलाई भ्याक्सिन लगाउने तयार गरेको पशु साखा अधिकृत सुमन देवानले बताए । भ्याक्सिन लगाउन भ्याक्सिनेटर पालिकाले नियुक्ति गरेको छ । भ्याक्सिनेटरलाई प्रति भ्याक्सिन ३० रुपैया पारिश्रमिक पालिकाले तोकेको छ । गांउमा भ्याक्सिन लागाउन सरल र छिटोको लागी सबै वडाको टोल बिकास संस्थाको सहयोगमा काम गर्ने पनि देवानले बताए ।
नेपाल सरकारले सन २०३० सम्ममा खोरेत न्यूनिकरण गर्ने लक्षलाई सफल बनाउन कोशी प्रदेश सरकारले इलाम सहित बिभिन्न जिल्लाहरुमा अभियान थालेको छ । पशुमा खोरेत रोग लागेमा दुग्धजन्य बस्तुमा,मासुमा र पशु निर्यातमा समेत नराम्रो प्रभाव परि किसान लगायत सिंगो पालिकाको आर्थिक स्तरमा ह्रास आउने भएकोले यो अभियान प्रभावकारी भएको पालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । यो कार्यक्रम हुने इलामका ८ वटा पालिकाहरुमा खोप कार्यक्रमका लागी ८÷८ लाख रकम बिनियोजन भएको छ ।







