इलाम । प्रसिद्ध धार्मिक तथा एतिहासिक माघे संक्रान्ति मेलामा माईजोगमाई गाउंपालीका कृषि साखा बाट प्रतियोगीतात्मक कृषि प्रदर्शनी हुने भएको छ । इलाम नगरपालीका र माईजोगमाई गांउपालीकाको संगमस्थल जोगमाई खोलाको दोभान माईबेनीमा बर्षेनी लाग्दै आएको माईबेनी मेलामा सो प्रदर्शनी हुनलागेको हो । माईजोगमाई कृषि साखाको आयोजनामा हुने उक्त प्रतियोगीतात्मक कार्यक्रममा खाद्यान्न तथा दहन बाली,तरकारी बाली,फलफल बाली,नगदे बाली र रैथाने बाली गरी ६ वटा बिधामा कृषकहरुलाई पुसस्किृत गरीने कृषि साखा प्रमुख उषा श्रेष्ठले बताईन । श्रेष्ठका अनुसार यो प्रतियोगीता खुल्ला रहेको सबै क्षेत्रका कृषकहरुले प्रतियोगीतामा भाग लिन पाउने छन । प्रतियोगीता माघ १ गते हुने छ ।
पुस २७ गते बाट माघ ३ गते सम्म लाग्ने मागे संक्रान्ति मेलामा मकर नुहाउन सदबिज छर्न र शिवालय धामको दर्शन गर्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ । बिहानै मकर नुहाएर सदबिज छर्दा सरिरका रोगब्याद हराउने मनोकांक्षा पुरा हुने धार्मिक बिस्वासले इलाम पाचथर ताप्लेजुङ छिमेकी देश भारतको मानेभञ्ज्याङ दार्जेलिङ लगायतको भक्तजनहरुको भिड लाग्ने गरेको छ । माईबेनी मेला हाल गाउंपालिकाको मातहतमा लाग्ने गरेको छ । माईजोगमाई पालिकाले ४ नम्बर वडा अध्यक्ष डुरन देवानको संयोजकत्वमा मेला ब्यवस्थापन समिति बनाएर मेला लगाउन र मेलाको ब्यवस्थापकिय तयारी भईरहेको संयोजक देवानले बताएका छन ।