दुर्गा भवानी पोर्खेल
देश ब्यापी रुपमा माघ २२ गते बाट फागुन ७ गते सम्म संचालन हुन लागीरहेको महिलाहरुको पाठेघरको मुखको क्यानसर गराउने बिरुद्धको एच पिभि खोप माईजोगमाई गाउंपालीकाका ५ सय ४८ जना किसोरीहरुलाई लगाइने भएको छ । इलाम जिल्लाको १० वटै पालिकामा माघ २७ गते बाट फागुन २ गते सम्म संचालन हुने खोप कार्यक्रममा माईजोगमाईका कक्षा ६ देखि १० सम्मका किसोरीहरु र अन्य १० देखि १४ वर्ष सम्मका सम्पूर्ण किसोरीहरुको लागी खोप हान्ने तयारी भएको माईजोगमाईका स्वास्थ्य साखा प्रमुख राम शंकर देवले बताए ।
देवका अनुसार सन २०३० सम्ममा नेपालमा तीन तह गरी यो रोगको उपचार गरीने छ । पहिले किसोरीहरुलाई भ्याक्सिन लगाउने दोस्रोमा ३० वर्र्ष देखि ५० वर्ष सम्मका महिलाको पाठेघरको जांच गर्ने र तेस्रोमा पाठेघरमा समस्या भएका महिलाहरुको पहिचान गरी उपचार गर्ने लक्ष्य लिएर संघिय सरकार अघि बढेको पनि देवले बताए । पछिल्लो समय महिलाहरुको पाठेघरको क्यानसरको जोखिम बढीरहेको कारण किसोरीहरुमा यो खोप अनिवार्य लगाउनु पर्ने भएकोले सरकारले अभियानकै रुपमा कार्य गरीरहेको छ । नेपालमा हरेक वर्ष २ हजार १६१ जना महिलाहरुलाई पाठघरको मुखको क्यानसर हुने गरेको र प्रत्येक वर्ष १ हजार ३१३ जनाको मृत्यु हुने गरेको अनुमान छ । यो अभियान अन्र्तगत कोशी प्रदेशमा २ लाख ४ हजार ९७४ जना किसोरीहरुलाई खोप लगाउने तयारी भएको छ ।