काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममाउनले असामाजिक र अराजक तत्वहरूले धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास भइरहेकाले त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताए।
विश्वभरी नै सबै जातजाति मिलेर बसिरहेको भन्दै नेपालको एउटा अलग पहिचान रहेको भन्दै उनले नेपाल सबै जातजातिको साझा फूलवारी रहेको बताए।
‘विश्वभरी नै नेपालको एउटा अलग पहिचान छ। विभिन्न जातजाति बसिरहेको देश नेपाल हो। सबैले आ—आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ’, उनले भने।
स्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे।