दुर्गा भवानी पोर्खेल
इलाम । माई नगरपालीका पांच कुमिटारकी सिता लिम्बु भट्टराई फूर्सदको समयमा टपरा बुन्न ब्यस्त हुने गर्छिन । उनी अन्य काम सकेर फूर्सद भर्एको समयमा त्यसै समय खेर फाल्दिनन् उनी सालको रुखहरुको पात भेला गरेर टपरा बुन्ने गर्छिन । उनी भन्छिन सालको पातको टपरा बुनेर नै घरको खर्च टार्दै आएको छु । उनको पेसा कृषि हो उनी खेत बारीको काम सकेर फूर्सद हुंदा सालको पात भेला गर्छिन र टपरा गास्न थाल्छिन । उनले दैनीक १ सय ५० वटा सम्म टपरा गास्ने गरेकी छीन । उनी दिउंसो काम नभएको समयमा बाख्रा चराउन जान्छिन दिन भरी बाख्राचराउंदै कोहि बेला पात भेला गर्छिन त कोहि बेला टपरा गास्ने गर्छिन । गासेको टपरा २ रुपैया ५० पैसा प्रति गोटा झापाको सालबारीमा रहेको टपरा उद्योगले खरिद गर्ने सिताले बताईन । टपरा गांसेर मासिक दश हजार सम्म कमाई हुने उनको भनाई छ । सिता मात्र हैन कुमिटारका दर्जनौ महिलाहरु यो काम गर्दै आएका छन । फूर्सदको समयमा व्यस्त पनि भईने पैसा पनि आउने भए पछि महिलाहरु उत्साहित भएको बताए । उद्योगले हप्तामा ३५ सय देखि ४ हजार सम्म टपरा माग्ने गरेको उनीहरु बताउंछन । उद्योगहरुले गाउंमै आएर खरिद गर्दा समय सदुपयोग मात्रै नभई आर्थिक इस्थर समेत बढ्ने भएकाले सबै लागी परेको उनीहरु बताउंछन ।