इलाम : नेपाल प्रेस युनियन इलाम शाखाको ११औं साधारणसभा सम्पन्न भएको छ । शनिबार इलामको सदरमुकाम स्थित जिल्ला समन्वय समितीको हलमा बिभिन्न कार्यक्रम गरी साधारण सभा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन इलमकी अध्यक्ष सिबिता पाण्डेको अध्यक्षता तथा युनियनका केनिद्रय सदस्य भिम कुमार बांसकोटा प्रमुख आथित्यता रहेको कार्यक्रममाशाखाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस युनियन इलामका संस्थापक सदस्यहरू सोम सुशेली र कुबेर निरौला, पूर्व अध्यक्ष विप्लप भट्टराई, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाईं, प्रेस चौतारी नेपाल इलामका सचिव खेमराज ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष लिला प्रसाद थापा, ट्रेड युनियन कांग्रेस इलामका सचिव ढाकाराम न्यौपानेलगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साखाले साधारण सभाको अवसरमा भित्ते पात्रो पनि बिमोचन गरेको छ ।
कार्यक्रमको सञ्चालन शाखाका सचिव प्रकाश नेपालले गरेका थिए भने उपाध्यक्ष सुनिता मगरले स्वागत मन्तव्य राखेकी थिइन्।
अध्यक्ष पाण्डेले शाखाले आफ्नो स्थापनाकालदेखि नै पत्रकारहरूको हकहित र व्यावसायिकताको लागि काम गर्दै आएको बताइन्।
प्रमुख अतिथि बाँस्कोटाले इलाम शाखाले पहिलोपटक भित्ते पात्रो प्रकाशन गरेर महत्वपूर्ण काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि युनियनले पत्रकारहरूको क्षमता अभिवृद्धि र अधिकारको लागि थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले नयाँ वर्ष २०८२ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए।







