इलाम, मदन भण्डारी फाउन्डेसन स्थानिय समिति माईजोगमाईको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता तथा यस वर्षको एसईई परीक्षामा माईजोगमाई गाउँपालिकाभित्र उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम शनिबार अमर कल्याण माविको सभा हलमा सम्पन्न भएको थियो। फाउन्डेसनका अध्यक्ष अमर देवानले कार्यक्रमको अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि वडानम्बर १ का अध्यक्ष याम कार्की थिए।
एसईई परीक्षामा पालिका भरी बाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूमा अमर कल्याण माविका राज भट्टराई ३.८६ नामसालिङ माविका अनियन सन्जेल ३.७४ र अमर कल्याणकै खगराज तामाङ ३.५५ रहेका छन्। उनीहरूलाई फाउन्डेसनले प्रमाणपत्र र सम्मान प्रदान गरेको हो।
हाजिरिजवाफ प्रतियोगितातर्फ अमर कल्याण माविले प्रथम स्थान हासिल गरेको छ भने नेपाल ज्योति मावि द्वितीय, सिरिसे मावि तृतीय र र नामसालिङ माविलाई सान्त्वना स्थान प्राप्त भएको थियो।
कार्यक्रममा माईजोगमाई गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूको प्रतिनिधित्व रहेको थियो। साथै, स्थानीय सरोकारवालाहरूको पनि उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ