काठमाडौं । काठमाडौं उपत्यकामा जारी कर्फ्यु दिउँसोको समयमा हटेको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने भएको छ ।
जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुन: निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको छ ।







