काठमाडौ । दुई दिनदेखि जारी छलफलका क्रममा ‘जेन जी’को आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योलतालाई निकास दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउने सहमति भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो सरकारी निवासमा प्रधानसेनापति अशोकराज सिग्देल सहितको उपस्थितिमा कार्कीसँगको छलफलपछि बिहीवार मध्यरातपछि उक्त निर्णयमा पुगेको स्रोतले बताएको छ ।
गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति तयार भए पनि नियुक्ति प्रक्रिया र संसद् विघटनको विषयलाई लिएर बहस र छलफल चलेकाले औपचारिक निर्णय भने बाहिर आइसकेको छैन ।







