काठमाडौ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।
शुक्रबार राति पौने १० बजे ४२ औँ प्रधानमन्त्रीको रुपमा शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको छ ।







