ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भैरबलाई गिरिराज आचार्य पत्रकारीता पुरस्कार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, १५:५९ बजे
भैरबलाई गिरिराज आचार्य पत्रकारीता पुरस्कार
23
SHARES
Share on FacebookShare on Twitter

धरान । दुई दशक देखी रेडियो, टेलिभीजन, अनलाइन र छापा माध्यममा कृयाशील रहँदै आएका धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङगलालाई प्रदान गरिएको छ ।

प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका नेता राजिब कोइरालाले आज विहीवार आयोजित एक समारोहका विच आङगलालाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् ।

धरान उपमहानगरपालिका मेयर तिलक राईले नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपया प्रदान गरि अक्षयकोषमा राखेर स्थापना गरिएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार यसपाली पहिलो पटक प्रदान गरिएको हो । अक्षयकोष तथा पुरस्कार नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा सञ्चालन गर्न सञ्चालक समिति गरिएको छ ।

पुरस्कार वितरण समारोहमा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले गिरिराज आचार्य पञ्चायतकालमा प्रजातन्त्रका लागि कांग्रेसले गरेको संघर्षको जिउँदो इतिहास भएको बताउँदै भने ‘उहाँको सम्मानमा स्थापित पुरस्कार लोकतन्त्र, संघीयताको अधिकारका लागि पत्रकारीता गर्दै आउनु भएका पत्रकार भैरब आङगालालाई प्रदान गर्ने संस्थापक सञ्चालकहरुको निर्णय प्रशंसायोग्य छ ।’ उनले आचार्यको सम्मानमा पुरस्कार स्थापना गरेर धरानमा उदाहरणीय कार्य भएको बताउँदै कांग्रेसको संघर्षमा इतिहासकारहरुले नलेखेका धेरै कुरा आचार्यको पुस्तकहरुमा उल्लेख भएको बताए ।

अक्षयकोष संस्थापक मेयर तथा नेपाली कांग्रेस धरान उपमहानगर समिति सभापति तिलक राईले कांग्रेसले राजनीति मात्र होइन् सामाजिक कार्य, समाजका लागि योगदान गर्ने अग्रजहरुको जिउँदो अवस्थामै सम्मान गर्ने परम्परा बसाएर उदाहरण पनि देखाउनु पर्दछ भन्ने उदेश्यले आचार्यको सम्मानमा पुरस्कार स्थापना गरिएको बताए । उनले भने ‘गिरिराज दाईले प्रजातन्त्रको लागि राजनीतिक लडाई लड्नु भयो नै पत्रकारीतामा पनि सकृय रहेर प्रजातन्त्रका पक्षधार पत्रकारहरु जन्माउने काम पनि गर्नु भयो ।’

अग्रज पत्रकार गिरिराज आचार्यले पञ्चायतकालमा धरानमा प्रजातन्त्रको पक्षमा लोख्ने पञ्चायतको विरोध गर्ने एक मात्र पत्रिका ‘पूर्व टाइम्स’ साप्ताहिक अहिले पनि निरन्तर प्रकाशित भैरहेको बताए । आचार्य पूर्व टाइम्सका सम्पादक प्रकाशक हुन् । त्यस बेला पञ्चायती सरकारले पत्रकार पत्रपत्रिकाप्रति कति दमनकारी व्यवहार गर्दथ्यो भनि उनले अनुभव सुनाए । नेपाल जेसिजका विष्णु बरालले आचार्यको संक्षिप्त जिवनी सुनाउदै उनि नेपाल पत्रकार महासंघ सुनसरीका संस्थापक, नेपाल प्रेस युनियन सुनसरीका संस्थापक रहनुका साथै सुनसरीमा भएका कांग्रेसको संघर्षमा अग्रपंक्तीमा रहेका उदाहरणहरु उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राईले गिरिराज आचार्य पत्रकारीत पुरस्कारको स्थापनाले समाज वा राजनीतिमा योगदान गर्नेहरुको सम्मान जिउँदो अवस्थामा नै गरिनु पर्दछ भन्ने उदाहरण स्थापित गरेको बताउँदै भने ‘आफुले गरेको योगदानको सम्मान जिउँदो हुँदै गरिदा कामको मुल्यांकन भएको अनुभवले मानिसलाई थौरै भएपनि खुशीको अवसर दिन सकिन्छ मरेपछि जतिसुकै गुनगान गाएपनि त्यो अवसर योदान गर्ने अग्रजहरु लाई प्रदान गर्न सकिन्न ।’ महासंघका केन्द्रिय सदस्य इकबाल अहमदले धरानमा पत्रकारीताको अग्रजको सम्मानमा स्थापना गरिएको पुरस्कार सुनसरीमा पहिलो भएको बताए ।

नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले धरानमा प्रजातन्त्र प्राप्तीका लागि भएको संघर्षमा योगदान पु¥याएका विभिन्न क्षेत्रका अग्रजहरुलाई यसैगरी चिरस्थायी रुपमा उहाँहरुको सम्मान रहिरहने काम कांग्रेसले गर्दै जानुपर्ने बताउँदै त्यस्ले नयाँ पुस्तालाई अग्रजहरुले गरेको संघर्ष र योगदान उत्प्रेरक बन्ने बताए ।

कांग्रेस धरान उपमहहानगर सचिव श्याम पोखरेलले भने ‘पुरस्कारको लागि अक्षयकोषको स्थापना धरानमा कांग्रेसले मेयरमा जितेपछि उहाँले पाउने सुविधा भत्ता सामाजिक कार्यमा खर्चगर्ने गरेको प्रतिबद्धता पुरा गर्नु भएको उदाहरण हो ।’

कांग्रेसका नेतृत्व बोल्ने मात्र हाइन बोलेको कुरा पुरा गरेर देखाउने उदाहरणको रुपमा यस्लाई लिइनु पर्ने बताउँदै उनले स्वतन्त्र, निस्पक्ष र लोकतन्त्र, संघीयताका अधिकारका लागि पत्रकारहरु लाई प्रोत्साहित गर्ने कार्य पुरस्कारले गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist