सुनसरी । यहि १८ गते हुनलागेको नेपाली काँग्रेसको आफ्नो १४ औ महाधिबेशन स्थगित भएको छ ।
सुनसरीमा काँग्रेसले भदौ २१ मा वडा अधिबेशन गर्ने निर्णय गरेको छ । राजिव कोईराले दिएको जानकारी अनुसार आफ्नो जिल्ला भरका वडा अधिबेशन भदौ २१ मा गर्ने निर्णय तयार गरेका छन् ।
नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोईरालाको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले भदौ २१ गते वडा अधिबेशन गर्ने निर्णय गरेको हो । सुनसरीको क्रियाशील सदस्यहरुको नाम सार्वजनिक भईसकेकोले अधिबेशन भदौ २१ मा गर्ने निर्णय गरेका हौ सुनसरी सभापति कोईरालाले भने ।
नेपाली काँग्रेस सुनसरीले जिल्लाको १२४ वडाको अधिबेशन भदौ २१ गते नै सम्पन्न गर्ने गरि तयारी थालिएको नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारीले बताए । केन्द्रबाट निर्वाचन अधिकृत समेत सुनसरीमा आएको र निर्वाचन प्रक्रिया कार्य सुरु भएको छ सचिव भण्डारीले सञ्चारपाटी सँग भने । सचिव भण्डारीले निर्वाचनमा होमिन सुनसरी काँग्रेसका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।







