ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, १८:३४ बजे
तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए ।

‘हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै खबर आएको छैन । विस्तृत विवरण आएको छैन । औपचारिक रुपमा केही आएको छैन । नेपालको आन्तरिक छानविन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन । अरु कुनै खबर छैन,’ उनले भने ।

दार्चुला मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी खसेका थिए । भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले तुइनको डोरी निकालेपछि धामी खसेको प्रत्यदर्शीले बताउँदै आएका छन् ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानविन समितिले बुधवार बुझाएको प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको र भारतसँग कुटनीतिक पहलमार्फत छानविन गरी दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन भनिएको छ ।

विहीवार गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist