ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डको सडक कालोपत्रे सकियो, पुल नबन्दा सास्ती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, १९:०१ बजे
मदन भण्डारी लोकमार्गको उदयपुर खण्डको सडक कालोपत्रे सकियो, पुल नबन्दा सास्ती
33
SHARES
Share on FacebookShare on Twitter
– ईश्वर तामाङ

उदयपुर । सामरिक महत्व बोकेको राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डको उदयपुरमा कालोपत्रे सकिए पनि पनि विभिन्न खोला तथा खहरेमा पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्नु परिरहेको छ । लोकमार्गअन्तर्गत सिन्धुलीको भिमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकासम्म १ सय १२ किलोमिटर सडकमा कालोपत्रेको काम सकिएको छ । तर, सडक कालोपत्रे भएता पनि सडकमा पर्ने १२ वटा खोला तथा खहरेमा पुल नबन्दा यात्रुले सास्ती ब्यहोर्नु परेको हो ।

भित्री मधेसका जिल्लाहरूलाई सहज रूपमा यातायातको पहुँच पुर्‍याउने उद्देश्यका साथ पूर्वझापाको शान्ति नगरदेखि पश्चिम डडेलधुरासम्म जोड्ने गरी निर्माणाधिन मदन भण्डारी लोकमार्गको पूर्वी खण्डले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिका हुँदै गएको छ । कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हुँदै हेटौंडा जोड्ने लोकमार्गलाई भित्री मधेसको लाइफ लाइन मार्गको रूपमा हेर्ने गरिए छ ।

आम सर्वसाधारणले सडक कालोपत्रे भए पनि पुल नबन्दा निकै सास्ति खेप्नुपरेको गुनासो गरिरहेका छन् । लोकमार्गअन्र्तगत उदयपुर खण्डमा १२ खहरे खोलामा पुल निर्माण हुन नसक्दा यात्रुले सास्ती खेप्नु गुनासो गरेका छन् । अहिलेसम्म ७ पुलको डिजाइन स्वीकृति भए पनि अन्य ५ पुलको डिजाइन स्वीकृतिको क्रममा रहेको लोकमार्ग आयोजना कार्यालय ललितपुरका इन्जिनियर शिव तिमल्सिनाले बताए ।

अबको तीन महिना भित्रमा डिजाइन स्वीकृत गरेर सबै पुलको निर्माण कार्य एकै साथ सुरु हुने इन्जिनियर तिमल्सिनाले बताए । सिन्धुलीको भिमानदेखि चौदण्डीगढी नगरपालिका बीरेन्द्र चोकसम्मको १ सय ३४ किलोमिटर मध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रे भइसकेको तिमिल्सिनाको भनाई छ । सो सडक खण्डमा पर्ने ४३ खोला खहरेमा पक्की पुल निर्माण भइसकेको छ । लोकमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमा नै छुटेका १२ वटा  खोलामा पुल निर्माण नहुँदा अहिले सडक कालोपत्रे भई चिल्लो भए पनि यात्रुले ठाउँ–ठाउँमा सास्ती खेप्नु परिरहेको छ । आयोजना कार्यालयले १ सय १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकेको छ । बाँकी रहेको २२ किलोमिटरमा १२ वटा पुल र एप्रोज रोड पर्दछ ।

योजना कार्यालयका अनुसार छुटेका १३ पुलको निर्माणका लागि ठेक्का लगाइसकेकाले अबको ३३ महिना भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको तिमिल्सिनाले बताएका छन् । आयोजनाअन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको सडक खण्डमा अहिलेसम्म ४३ वटा मोटेरेबल पक्की पुल र १ सय १२ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न गरिएको छ । बाँकी रहेको विभिन्न खोलाको १२ वटा पक्की पुल निर्माण गर्नु पर्नेमा हालसम्म चौदण्डिगढी नगरपालिकाको बसाहास्थित लामा खोला र ज्यामिरे खोला बाहेक अन्य खोलामा अझै पुन निर्माणको काम सुरु हुन नसकेको गाईघाटस्थित योजना कार्यालयका इन्जिनियर शंकर पौडेलले बताए ।

पुलसँगै निर्माण गरिने करिब १५ किलोमिटर एप्रोच सडक बाहेक सो लोकमार्गको बसाहा भिमान खण्डमा पर्ने १ सय ३४ किलोमिटर सडक निर्माण गरी कालोपत्रे गर्ने कामसमेत सम्पन्न भइसक्ता त्यस क्षेत्रमा छुटेका १२ वटा खोलाहरूमा पुल नबनाइँदा वर्षातको समयमा यातायात अवरुद्ध हुने गरेका छन् ।

लोकमार्ग निर्माणको प्रारम्भिक सर्बेक्षणमा नै छुटेका १३ पटा पक्की पुल ३३ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहितको १ अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँ लागतमा तीन वटा छुट्टा–छुट्टै प्याकेजमा तीन वटा फरक–फरक कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । एक वर्ष पहिले नै पुल निर्माणको काम अगाडी बढाइएकोमा अहिलेसम्म डिजाइन स्वीकृतिमै समय बिताएको मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय ललितपुरका इन्जिनियर शिव तिमल्सिनाले जानकारी दिए ।

इन्जिनियर तिमल्सिनाका अनुसार पहिलो प्याकेजका पधेरे खोला, सुखानी २ खोला, थनाहा खोला, थपर खोला र रातु खोला गरी ५ वटा पुल निर्माणको लागि कूल ५४ करोड ३७ लाख २० हजार ६ सय रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी लुम्बिनी समानन्तर जेभि काठमाडांैसँग २०७७ साल जेठ १६ गते ठेक्का सम्झौता भएको थियो । तर, हालसम्म पनि ती खोलाको डिजाइन स्वीकृति हुन सकेको छैन ।

त्यसैगरी दोश्रो प्याकेजअन्तर्गत आमा खोला, मौवासी खोला, असारी खोला र खैराहा झोडा खोला गरी ४ वटा खोलामा कूल ५० करोड ४१ लाख ७५ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण गर्ने गरी निर्माण कम्पनी शर्मा लामा जेभि काठमाडौं सितापाइलासँग २०७७ जेठ १५ गते ठेक्का सम्झौता गरिएको थियो । तर, निर्माणको काम भने अझै सुुरु हुन नसकेको इन्जिनियर तिम्सिनाले बताए ।

त्यसैगरी तेश्रो प्याकेज भित्र पर्ने ज्यामिरे खोला, लामा खोला र सुन्दरी खोलाको लागि कूल ३७ करोड ९१ लाख ३० हजार सात सय रुपैयाँको लागतमा काम सम्पन्न गर्ने गरी सपना हिमदुङ एण्ड ठोकर निर्माण कम्पनीसँग सोही मितिमा ठेक्का सम्झौता भए अनुसार हाल लामा खोला र ज्यामिरे खोलामा निर्माणको काम धमाधम भइरहेको तथा सुन्दरी खोलाको समेत डिजाइन स्वीकृत भइसकेको इन्जिनियर तिम्सिनाले बताए ।

निर्माण कम्पनी आफैले डिजाइन तयार पार्नु पर्ने र त्यसरी तयार पारिएको डिजाइनलाई सडक विभागबाट स्वीकृति दिइएपछि मात्रै पुल निर्माणको काम सुरु हुने सम्झौतामा उल्लेख छ । फरक–फरक कम्पनीलाई काम बाडेर दिँदा छिटो र गुणस्तरीय काम हुने विश्वासमा तीन वटा प्याकेजमा ठेक्काको काम गरिएको इन्जिनियर तिमल्सिनाले बताए ।

लोकमार्गअन्तर्गत धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा ३ सय १८ किलोमिटर सडक खण्डको निर्माण कार्य २०६४÷६५ देखि नै सुरु भएको हो । लोकर्मागलाई उदयपुरको चौदण्डीगढीस्थित बीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मको १ सय ३४ किमिलाई पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १६ किमि सडकलाई पश्चिमी खण्डमा विभाजन गरी निर्माण गरिँदै आएको छ । दुवै खण्डमा सडक र पुलको फरक फरक ठेक्का लगाई काम भइ रहेको सडक आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डमा सडकको काम जेआईडेसी, शर्मा÷लामा जेभी र पुलको काम सीओभीआईसी–रसुवा/तुन्डी जेभीले गरि रहेका छन् । पूर्वी खण्डमा सडक तर्फ ६ अर्ब ५४ करोड र पुलतर्फ ३ अर्ब २५ करोड रुपैयाँ बराबरको ठेक्का सम्झौंता भएको हो । लोकमार्ग गत माघमै निर्माण सम्पन्न गरि सक्नु पर्ने हो । तर, कोभिड–१९ महामारी लगायत बिभिन्न कारण देखाउँदै अझै काम पूरा भएको छैन ।

मदन भण्डारी लोकर्माग योजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पौडेलले भने सरकारले पहिलो प्राथामिकतामा राखेकै कारण लोकमार्गको काम तीब्र गतिमा भएको दाबी गर्छन् । अहिलेसम्म लोकर्मागको पूर्वी खण्डको भौतिक र आर्थिक प्रगति करिब शत प्रतिशत भइसकेको बताए । ‘पहिलो चरणमा छुटेका १२ वटा पुलको काम भई नसकेकाले लोकमार्गको पूर्वी खण्ड पूर्णरूपमा सञ्चालन हुन सकेको छैन,’ पौडेलले भने, ‘त्यस मध्ये लामा खोला र ज्यामिरे खोलामा पुल निर्माण भई रहेको छ । सुन्दरी, खैरा, असारी, मौवासी, अर्ना खोलामा मनसुनपछि तुरुन्तै काम सुरु हुन्छ । पधँेरे, थनाह, सुनखानी–२, रातु र धप्परमा पुलको डिजाइन स्वीकृत हुन बाँकी रहेको उनले बताए । बेल्टार–गाईघाटको २० किमिको दूरी झन्डै ३० मिनेटमा पार गर्न सकिने ठाँउमा असारी, झोरा, ज्योमिरे खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा समस्या हुने गरेको चौदण्डीगढी नगरपालिका–१० का अध्यक्ष रामकुमार खड्काले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist