ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बाँके प्रहरीद्वारा ४ किलो सुन सहित भरिया पक्राउ, कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

सुन नेपालगञ्जका व्यापारीको भएको दावी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, १०:३९ बजे
बाँके प्रहरीद्वारा ४ किलो सुन सहित भरिया पक्राउ, कसरी छिर्‍यो विमानस्थलबाट सुन ?
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए ।

बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्‍याएका हुन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए ।

‘उक्त सुन नेपालगञ्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि संकास्पद छ ।’ व्यापारीको नाम भने उनले खुलाउन चाहेनन् । ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’

५ मिनेट पहिले नै प्रहरीले पाएको थियो सूचना 

श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो ।प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए ।

‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।’

प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो । जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ।

कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार किलो बढी सुन नेपालगञ्जमा समातिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ । अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुन काण्डले पनि प्रश्न उब्जाएको छ ।

कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो होकी भन्ने पनि आशंका उब्जिएको छ । त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले विमानस्थल भएर नेपालगञ्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘विमानस्थलबाट नै कसरी सुन छिर्‍यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले विमानस्थलबाट सुन छिरेर नेपालगञ्ज भेटिएको घटनाबारे आफूले समाचार पढेर थाहा पाएको बताए । उनले त्यसबारे आफूले बुझ्ने प्रतिक्रिया दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist