कठमाण्डौं । नेपालको आकासमा विना स्वीकृत किन आउछ बारम्बार भारतीय हेलिकप्टर ।
आज पनि जनमोर्चाले नेपालको आकासमा देखिएको भारतिय हेलिकप्टरको विरोध गरेको छ । मोर्चाले प्रश्न उठाउदै सरकारलाई स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएपछि यस बारे पार्टीले सरकारको ध्यानाकर्षण भएको गराएको छ ।
यसरी कुनै पनि देशको स्वीकृत बिना कुनै पनि देशले अरुको आकासमाथी कुनै पनि त्यस्ता कुराहरुको उडान गर्न पाउने छैन यदि त्यसो गर्नुपरेमा जुन देसको आकास माथि उडान भर्नु पर्ने हो त्यो देसको स्वीकृत लिनुपर्ने अन्तराष्ट्रि कानुनमा नियम रहेको छ ।
भारतले यसरी ‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन त ग¥योनै साथसाथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौती समेत दिएको छ ।
महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ,’ ।