काठमाडौं । नेपालका केहि स्थानमा फेरी नयाँ राष्ट्रिय निकुञ्जहरु सरकारले थप्ने भएका छन् । सन्धुपाल्चोक÷नुवाकोट, मुगु÷डोल्पा, सोलुखुम्बु, सुनसरी÷सप्तरीलगायत स्थानमा नयाँ निकुञ्ज बनाउने सरकारको तयारी रहेको छ ।
भौगोलिक रूपमा नेपालकै सबैभन्दा ठूला लामटाङ, शे–फोक्सुण्डो र सगरमाथा निकुञ्जलाई टुक्रयाउने प्रक्रिया बढाइएको हो ।
सुरक्षा र प्रशासनिक व्यवस्थापन चुस्त बनाउन वार्डेनहरूले सुझाव दिएकाले यस्तो गृहकार्य अघि बढेको विभागका महानिर्देशक डा.दीपककुमार खरालले जानकारी दिए ।
ठूला र फराकिला निकुञ्ज टुक्राएर बनाउन लागिएको यि नकिुञ्जमध्ये शे–फोक्सुण्डो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जभन्दा करिब चार गुणा ठूलो छ । फराकिलो र जटिल भूगोल भएकाले प्रशासनिक विभाजनको आवश्यकता बोध भएको हो, उनले भने, ‘वार्षिक प्रगति समीक्षाका क्रममा आएको वार्डेनहरूको सुझाव पनि यस्तै छ ।”
इस विषयमै तर्क दिदै खनाल भन्छन् ‘निकुञ्ज टुक्रयाउने र संख्या थप्नेभन्दा पनि यो प्रक्रियालाई प्रशासनिक विभाजनका रूपमा बुझ्नु पर्छ ” । डोल्पा र मुगुमा अवस्थित शे–फोक्सुण्डो निकुञ्ज तीन हजार पाँच सय ५५ वर्ग किमिमा फैलिएको छ । मुगुतर्फको पूर्वी भेगलाई छुट्टै निकुञ्ज बनाउने विभागको तयारी छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सरकारले कुनै क्षेत्रलाई निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार लाङटाङ निकुञ्जको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोक तर्फको भेगलाई अलग्गै निकुञ्ज बनाउन सुझाइएको छ । यो निकुञ्ज रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र चीनको सीमावर्ती क्षेत्रसम्म जोडिएको छ ।
२०३२ मा स्थापना भएको लाङटाङ निकुञ्ज एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलिएको छ । यससँगै सगरमाथा राष्ट्रिय निकुञ्जको प्रशासनिक विभाजनबारे प्रारम्भिक अध्ययन बढेको विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए। उनले भने, तर, यसबारेको विस्तृत प्रक्रिया भने अघि बढेको छैन, ‘कन्सेप्चुअल फ्रेमवर्क’ चाहिँ बनेको हो।”
२०३२ मा स्थापना भएको सगरमाथा निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमिमा फैलिएको छ। नेपालमा हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्षसहित ६ वटा संरक्षण क्षेत्र छन्।