ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २ गते, ६:४५ बजे
डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
18
SHARES
Share on FacebookShare on Twitter

दैलेख । नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो । न त पढ्न मन लाग्थ्यो । न अरु कुनै काम गर्न । मन अशान्त हुने, निन्द्रा गड्बडीलगायत धेरै समस्या हुन्थ्यो ।

कोरोना संक्रमण दर कम भएसँगै विद्यालय जान पाउँदा उनी अहिले खुसी छिन् । पहिले घरबाट बाहिर निस्किन नपाउँदा र विद्यालय जान नपाउँदा मनमा अनेक थरिका कुरा खेल्ने गरेको सोनी बताउँछिन् । ‘विद्यालय जान नपाउँदा मन आतिन्थ्यो । कहिले विद्यालय खुल्ला भनेर । तर, अहिले विद्यालय जान पाउँदा निकै खुसी छु ।’

त्यस्तै पञ्चकोशी माध्यामिक विद्यालय दुल्लुमा अध्यनरत निलिमा शाहीको पनि विद्यालय जान पाउँदा खुसीको सीमा नै छैन । निषेधाज्ञाका कारण बाहिर निस्किन नपाउँदा कुनै कारागारमा बसेजस्तै लाग्ने गर्थ्यो उनलाई । तर, विद्यालय खुल्दा खुसीले गद्गद् छिन् । ‘घरमा हुँदा आफूले पढेको नबुझ्ने र मानसिक तनाव हुने गर्थ्यो,’ निलिमाले भनिन्, ‘अहिले विद्यालयमा आएर साथीहरुसँग बसेर पढ्न पाउँदा, नजानेको कुरा गुरुहरुसँग सोध्न पाउँदा उत्साहित छु ।’

अहिले स्कुलमा आएर पढ्दा पिँजडाबाट निस्केजस्तो भएको उनको अनुभूति छ । ‘घरमा एक्लै पढ्दा अल्छी लाग्ने, नबुझिने हुन्थ्यो । विद्यालय आउँदा निकै सहज भएको छ । यहाँ साथीहरुसँग छलफल गर्न पाइन्छ । नजानेको कुरा सर म्याडमसँग सोध्न पाइन्छ,’ उनले भनिन् ।

गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसँगै मुलुकभरी नै निषेधाज्ञा गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेतबारीमा, बस्तुभाउ चराउन जंगलतिर जानेजस्तो गैर सिकाइमूलक कार्यमा समय व्यतित गरेका थिए ।

विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर, सो सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लीन थिए । धेरैजसो विद्यार्थीहरु विद्यालयमा नै आउन खोजेको अवस्थामा अहिले आउन पाउँदा निकै उत्साहित देखिएका हुन् ।

अभिभावकहरुमा पनि विद्यार्थीलाई जतिसक्दो चाँडो विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने मनसाय रहेको श्रीकृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् । ‘अभिभावक छोराछारीको पढाई प्रभावित हुँदा निकै चिन्तित थिए,’ थापाले भने, ‘अभिभावकले आफ्ना छोराछोरीलाई अहिले विद्यालय पठाउन पाउँदा निकै उतसाहित देखिन्छन् । लामो समय घरमा बसेर दिक्क भएका विद्यार्थीहरु पनि पहिलेभन्दा अहिले उल्लेख्य रुपमा दिनहरु नछुटाएर आएको देखिन्छन् ।’

लामो समयपछि विद्यालयमा आउन पाउँदा शिक्षकहरु पनि उत्तिकै उत्साहित भएको सरस्वती माध्यामिक विद्यालय दैलेखका प्रधानाध्यापक जीवराज तिमल्सिना बताउँछन् । ‘पहिले घरमा बस्दा बस्दा दिक्क लाग्ने, भएको ज्ञान पनि विद्यार्थीहरुमाझ सेयर गर्न नमिल्ने,’ उनले भने, ‘अहिले स्वास्थ्य मापदण्ड पालना गरि विद्यालय पनि सञ्चालन छ, हामीहरु पनि खुसी छौं।’

११ वटा स्थानीय तह रहेको पालिकामा ८ वटा पालिकाले २७ भदौदेखि विद्यालय सञ्चालन गरिसकेका छन् । अन्य ३ वटा पालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै १ असोजदेखि सञ्चालन गरेका छन् ।

जिल्लाभर ४८१ सामुदायिक र ५७ वटा निजी विद्यालय रहेको दैलेखमा १ लाख विद्यार्थी अध्यनरत छन् । संक्रमण दर कायमै रहेकाले स्वास्थ्य सेवा कार्यालय पनि चनाखो रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमण दर कायमै रहेकाले प्रत्येक पालिकामा किटहरु पठाइसकिएको र संक्रमण दर उच्च भइहालेमा नि:शुल्क पीसीआर ल्याब तयारी अवस्थामा रहेको छ ।

विद्यार्थीसँगै अभिभावक उत्साहित

कोरोना भाइरस कोभिड १९ ले डेढ वर्षसम्म छात्रछात्राहरु विद्यालय जान पाएनन् । कोरोनाका कारण विद्यालय जानुको साटो घरमा नै गैर सिकाइमूलक कार्यमा समय विताउनु पर्‍यो । छोराछोरी घरमा बस्दा उनीहरुलाई मात्र दिक्क होइन अभिभावक पनि दिक्क थिए ।

संक्रमण दर कहिले कम भएर विद्यालय पठाउन पाइएला भन्ने चिन्तामा आफूहरु रहेको कालिकोटका एक अभिभावक पुष्प ढकाल बताउँछन् । ‘विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उनीहरुको भविष्य बिग्रने चिन्ताले रातदिन पिरोल्ने गर्थ्यो,’ उनले भने, ‘अहिले संक्रमण दर घटेर विद्यालय सञ्चालन भएपछि ढुक्क भएको छ ।’

कोरोना संक्रमण दर घटेर सामान्य भएर विद्यालय खुले पनि पुनः जोखिम हुने हो कि भन्ने चिन्ता सुर्खेत वीरेन्द्रनगरका अभिभावक रमेश बाठामगरको  छ । ‘विद्यालय सञ्चालनपछि जोखिम उस्तै हुने पो होकि भन्ने चिन्ता छ,’ उनले भने ।

लामो समयपछि आफ्ना छोराछोरी विद्यालय पठाउन पाउँदा हर्षित भएको दैलेख ठाटीकाँध गाउँपालिका-२ का हस्त थापा बताउँछन् । ‘छोराछोरीलाई लामो समयसम्म घरमै बस्दा उनीहरुको पढाइ प्रभावित हुने चिन्ता थियो,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएसँगै विद्यालय पठाउन पाउँदा खुसी छौं।’

दैलेखका प्रत्येक स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको लागि अनुमति दिइसकिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताए । ‘केही स्थानीय तहमा विद्यालय सञ्चालन भएर पठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्रममा छन्,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गरेर अरु पनि सञ्चालन हुन्छन् ।’

‘स्थानीय तहले स्मार्ट लकडाउनको अवधारणा मानेर स्वास्थ्यका मापदण्ड पालना गर्ने भनिएको छ, यदि त्यसो नगरिएको खण्डमा सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुन्छ,’ प्याकुरेलले भने ।

दश वटा जिल्ला रहेको कर्णालीका ७९ वटा स्थानीय तहमा अधिकांश विद्यालय स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालनमा आइसकेको अन्य विद्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउने प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist