काठमाण्डौं । असोज ३ अर्थात् संविधान दिवस । आज नेपालमा भव्यताका साथ संविधान दिवस मनाईदै । २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएको थियो ।
नेपाली जनताले आजकै दिनबाट आफूले चाहेको संविधान प्राप्त गरेका थियो । आज संविधान दिवस ६ वर्ष पुगेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर सरकारले विभिन्न कार्याक्रम संञ्चालन गरेको छ ।
संविधान दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन । प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।
नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो । आजको यस दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।