सल्यान । आज संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ कैद सहित तिन विवाह गर्ने वडाध्यक्षलाई माफी दिएको छ । संविधान दिवसको अवसरमा सल्यान जेलमा रहेका ति कैदिलाई आज आम माफी दिएको थियो ।
संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जानकारी दिएको छ ।
जेलर बलबहादुर केसीका अनुसार माफी पाउनेमा कर्तव्य ज्यानका १, बहुविवाहका ५ र हातहतियार मुद्याका १ रहेको बताए । बनगाड कुपिण्डे नगरपालिका–९ तीनवट विवाह गरी कैद भुक्तान गरी रहेका वडाध्यक्ष र उनको कान्छी श्रीमतीसमेत रहेका छन् । उनकी कान्छी श्रीमती २०७७ मंसिरमा पक्राउ परेका थिए ।