काठमाण्डौं । नेपाल सरकारले यस वर्ष ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गरेको छ ।
सरकारले संविधान दिवसको अवसर हिजो आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूची सार्वजनिक गरेको हो । यस वर्षपनि सरकार विवादै विवादमा फसेको छ ।
सरकार विवादमा तानिनुमा सरकारले सार्वजनिक गरेको पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा कालोसूचीमा परेका व्यवसायीको नाम पनि परेको छ ।
एनि कालो सुचिमा पर्नुको कारण सरकारबाट मल ल्याउने ठेक्का पाएर पनि मल नल्याएको आरोपमा उनिमा थियो । उनि होनिका मल्टिपल प्राइभेट लिमिटेडका सञ्चालक हुमनाथ कोइरालाको रहेका छन् ।
कोइरालाको नाम जनसेवाश्री विभूषण प्राप्त गर्ने व्यक्तिको प्रवल सूचीमा परेकोे छ । यस कारण देउवा नेतृत्वको सरकारले आफूखुसी पदक वितरण गरेको आरोप लागेको छ । यसरी सरकारले वितरण गरेको पदकमा विवाद आएपछि समाज र राष्ट्रका लागि योगदान गरेका व्यक्तिभन्दा पनि दलीय आधारमा पदक वितरण गरिएको भन्दै पदक पाउने पत्रकारहरू हरिबहादुर थापा, नारायण अमृत, कृष्णज्वाला देवकोटा र कार्टुनिस्ट रविन सायमीले सरकारले घोषणा गरेको पदक नलिने घोषणा गर्नुभएको छ ।







